१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विधुरमा हर्ट अट्याकले जोखिम बढी 

काठमाडौँ — एक अनुसन्धान अनुसार, मुटू रोगले हुने मृत्युको सम्बन्ध पारापाचुके गरेकासँग समेत गाँसिएको हुने पाइएको छ । 

ब्रिटिस अनुसन्धानकर्ताहरूका अनुसार, पारपाचुके लिएका र विधुरमा मुटुरोगले हुने मृत्युको खतरा पारपाचुके नै गरी बसेका महिलाको दाँजोमा बढी हुने देखिएको छ ।

विधुरमा हर्ट अट्याकले जोखिम बढी 

बर्मिङघमको एस्टन विश्वविद्यालयले उत्तरी इंग्ल्यान्डको अस्पतालमा गरिएको अनुसन्धान अनुसार यस्ता पुरुष जसको श्रीमतिको मृत्यु भइसकेको छ, उनीहरूमा हर्ट अट्याकले हुने मृत्युको खतरा ११ प्रतिशत बढी हुन्छ । यो अनुसन्धानमा १८ लाख व्यक्तिलाइ सामेल गरिएको थियो । अध्ययनमा सहभागीहरू सन् २००० देखि सन् २०१४ मा हर्ट फेल्योर वा अनियन्त्रित मुटुको चालको समस्याले जुधिरहेका थिए ।


अनुसन्धान अनुसार यस्ता विधुर जो पहिलेदेखी नै अनियन्त्रित मुटुको चालको समस्यासंग जुधिरहेका थिए उनिहरूमा हर्ट फेल्योरको समस्या ११ प्रतिशत र मृत्युको खतरा १३ प्रतिशत बढी हुन्छ । यही तथ्याङ्क पारापाचुके गरेका पुरुषमा १४ प्रतिसतसम्म हुने गरेको पाइएको छ । त्यहि अनियन्त्रित मुटुको चालसँग पीडित विवाहित पुरुषमा महिलाको दाँजोमा मृत्युको खतरा मात्र ६ प्रतिसत बढी हुन्छ । अविवाहित पुरुषमा कुमारी महिलाको दाँजोमा हर्ट फेल्योरको खतरा १३ प्रतिशतसम्म कम हुन्छ । हर्ट अट्याक, अनियन्त्रित मुटुको चाल र हर्ट फेल्योर तिनै स्थितिले उमेरलाई कम गर्छ ।



प्रकाशित : असार २१, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?