हेलो टेक

वाईफाई डाटालाई अहिले प्रयोग भइरहेको भन्दा ५ गुणा बढी छिटो बनाउने तरिका पत्ता लागेको सामसुङले दाबी गरेको छ ।

हेलो टेक
तीन सेकेन्डमा एक जीबी डाटा
कम्पनीले आफ्नो ईन्जिनियरले डाटा ट्रान्सफरमा हुने अवरोध पत्ता लगाएको दाबी गरेको हो । सामसुङले पत्ता लगाएको तरिका साच्चिकै प्रमाणित भए तीन सेकेन्ड भन्दा कम समयमा एक जिबी डाटा ट्रान्सफर गर्न सकिनेछ ।
यसलाई ग्याजेटमा प्रयोग गर्न समय लाग्ने बताइएको छ । सामसुङले ६०जीएचजेड व्याण्डमा काम गर्ने वाईफाईको लागि काम गरिरहेको बताएको छ जुन सन् २०१५ सम्ममा बजारमा आउने विश्वास गरिएको छ । कम्पनीले यो नयाँ प्रविधि टीभी, मेडिकल उपकरण, फोन र स्मार्ट होम एप्लायन्समा प्रयोग गर्ने जनाएको छ ।

असुरक्षित स्न्यापच्याट
गोपनियताको हिसाबले सुरक्षित मानिएको स्न्यापच्याटबाट फोटो लिक भएपछि यसको विश्वसनीयतामाथि प्रश्न खडा हुन थालेको छ । यो एपमा सेयर भएका फोटोहरु तुरुन्त डिलिट हुने भनिएपछि सेभस्न्याप, स्न्यापबक्स, स्न्यापस्पाईजस्ता थर्डपार्टी एपबाट प्रयोगकतर्ाले सेयर भएका फोटोहरु सेभ गर्छन् । यस्तै थर्डपार्टी एपमध्ये कुनै एकको सेवा ह्याक भएर गत हप्ता एक लाखबढी तस्विर ह्याक भएपछि स्न्यापच्याटको आलोचना भएको हो ।
ह्याक भएका अधिकांश तस्विरहरु १३ देखि १७ बर्षसम्मका किशोरकिशोरीका भएकाले सरोकारवालो चिन्ता व्यक्त गरेका छन् । स्न्यापच्याट किशोरकिशोरीमाझ नांगो तस्विर सेयरिङको लागि चर्चित छ । यसका आधा भन्दा बढी प्रयोगकर्ताहरु १३ देखि १७ बर्ष उमेर समूहका छन् । स्न्यापच्याटमा सेयर भएका तस्विरहरु एपबाट डिलिट हुने भए पनि थर्ड पार्टी एप प्रयोग गरेर फोटो सेभ हुने र प्रयोगकर्ताले स्त्रिmनसट लिएर फोटो सेभ गर्न सक्ने भन्दै केहीले यसको आलोचना गर्दै आएका थिए ।

-समाचार एजेन्सीहरुको सहयोगबाट

प्रकाशित : आश्विन ३१, २०७१ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?