२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आइडियाको प्रतिस्पर्धा

विजय तिमल्सिना

हालै एनवाईइएफ बुट क्याम्पसमा देशभरका दुईसय ७७ जनाले व्यवसायिक आइडियाको लागि प्रतिस्पर्धा गरेका थिए । कसैले व्यक्तिगत र कसैले समूह बनाएर आफ्नो नयाँ प्राजेक्ट प्रपोजल पठाएका थिए ।

आइडियाको प्रतिस्पर्धा
व्यवसाय सुरु गर्ने आइडिया भएका तर विजनेस सुरु नगरेका व्यक्तिहरूले बुट क्याम्पमा भाग लिएका थिए । तीमध्ये अधिकांश इन्जिनियरिङ र बिजनेसका विद्यार्थी थिए ।
आधाजसो उपत्यका बाहिरका थिए । प्रतिस्पर्धामा कम्युटर इन्जिनियरिङकी विद्यार्थी शिवानी क्षेत्रीको आइडिया प्रतिस्पर्धामा उत्कृष्ट ठहरियो । नेपाल युवा उद्यमी मञ्चले गरेको बुट क्याम्पमा फ्युजिङ फेसन एन्ड टेक्नोलोजी नाम दिइएको उनको प्रोजेक्ट उत्कृष्ट ठहरियो । फेसन र प्रविधिलाई जोडेर नयाँ उत्पादन बनाउनु यो प्रोजेक्टको उद्देश्य थियो ।
क्याम्पमा उनले एन्ड्रोइड एपको सहायतामा मुड अनुसार कपडाको चमक परिवर्तन हुने र ढोका खोल्ने वित्तिकै बल्ने कार्पेट बनाएर पि्रजेन्टेसन दिएकी थिइन् । पढाइ हुन्जेल फेसन सो र प्रदर्शनीमा आफ्नो प्रोजेक्टको प्रचार गर्ने र त्यसपछि मात्रै व्यवसायको रूपमा सुरु गर्ने योजना छ, क्षेत्रीको । सुरुमा १० लाख रूपैंया जति लगानी चाहिन्छ भन्ने अनुमान छ, उनले भनिन् ।
बुट क्याम्पमा आउनुभएका केही व्यक्तिले समेत यसमा लगानी गर्ने इच्छा देखाउनुभएको छ, उनी उत्साहित छिन् । व्यवसाय सुरु गर्दा उनी बुटिकबाट सुरु गर्न चाहन्छिन् । तर, फेसनका हरेक चिजमा प्रविधिको फ्युजन गर्न सकिने उनको धारणा छ । विदेशमा यस्ता कम्पनीहरू चल्तीमा रहे पनि नेपालको लागि आफ्नो प्रोजेक्ट नयाँ हुनसक्ने उनको अनुमान छ ।
विराटनगरकी ज्वाला दाहालको प्रोजेक्ट क्याम्पमा दोस्रो ठहरियो । धेरै कार्यालयमा लञ्च सर्भिस पुर्याउनु उनको प्रोेजेक्ट आइडियो हो । जसका नाम पनि उनले लञ्च सर्भिस नै राखेकी छन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा मास कम्युनिकेसन पढ्दै गरेकी दाहालले आफ्ना दुई साथीसँग मिलेर विराटनगरमा आफ्नो प्रोजेक्ट लञ्च गर्ने तयारीमा जुटेकी छन् ।
केही दिन अघि मात्रै एउटा तालिममा लञ्च सर्भिस दिएकी थिएँ, उनले भनिन, सबैले साम्रो भन्नुभएको छ । नयाँ व्यवसाय भएकाले सानोबाट सुर गरेर ठूलो बनाउदै लैजाने उनको योजना छ । भन्छिन्, विराटनगरमा सफल भयो भने अन्य ठाउँमा पनि सेवा सुरु गर्ने योजना छ । कार्यालयमा खाजाको सुविधा नहुने, सामान्य होटल फोहोर हुने र राम्रो रेस्टुरेन्ट जाँदा महंगो पर्ने समस्या देखेर लञ्च सर्भिसको आइडिया फुरेको दाहालले सुनाइन ।
बुट क्याम्पमा प्रतिस्पर्धा गर्दा केही उद्यमीले आफ्नो प्रोजेक्टमा लगानी गर्न इच्छा देखाएको उनले बताइन् । आफ्नो लञ्च सर्भिस सफा र सस्तो बनाउने उनको तयारी छ । घर र कार्यालयमा हुने स्क्र्याप व्यवस्थापनको आइडिया बोकेको खालीबोत्तल डटकम बुटक्याम्पमा तेस्रो ठहरियो । काठमाडौंका रोजन श्रेष्ठको यो प्रोजेक्टको उदेश्य भनेको स्क्र्याप व्यवस्थापनमा सघाउनु हो ।
अनलाइनमार्फत स्क्र्याप किन्ने र बिक्री गर्ने यसको आइडिया हो, एस ईन्स्िटच्युट अफ म्यानेजमेन्टबाट बीबीए/बीआई पढ्दै गरेका उनी भन्छन््, यसलाई फोहोर व्यवस्थापनको कन्सेप्टसँग जोडेको हुँ । उनले आयोजकको तर्फबाट पुरस्कार स्वरूप खाली बोतल डटकम नाम गरेको डोमेन उपहार पाएका छन् । भन्छन्, अहिले रिचर्सको क्रममा छु । चाँडै अनलाइन प्लेटर्फम बनाएर काम सुरु गर्छु ।
श्रेष्ठ आफ्ना साथी राजन चक्रधर, निहारीका श्रेष्ठसँग मिलेर यो काम सुरु गर्ने योजनामा छन् । बुक क्याम्पमा प्रतिस्पर्धाको लागि आएका झन्डै तीन सय सहभागीमध्येबाट ३० जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छानिएको थियो । त्यसमध्ये ८ वटा आइडिया अन्तर्गत राखेर क्याम्पमा सहभागी गराइएको थियो । पहिलो शिवानी क्षेत्रीको प्रोजेक्टको समूहमा क्षेत्रीसहित विकास गुरुङ, सावनी खनाल र सन्दीप भगत परेका थिए ।
तेस्रो भएको प्रोजेक्ट खालीबोत्तल डटकमको समूहमा अनुरूप मानन्धर, रूपक घिमिरे र आकृति मास्के थिए । उनीहरूलाई सम्बन्धित क्षेत्रका आएका विज्ञले मेन्टरको रूपमा सल्लाह सुझाव दिएका थिए भने व्यवसाय सुरु गर्दा चाहिने कम्युनिकेशन, बेसिक फाइनान्सको सीप सिकाइएको थियो । बुट क्याम्पस सहभागीलाई सल्लाह र सुझाव दिन आएका केही उद्यमीहरू समेत प्रतिस्पर्धा गरिरहेका प्रोजेक्टमा लगानी गर्ने इच्छा देखाएका थिए ।

प्रकाशित : चैत्र ६, २०७१ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?