कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पिकोभिकोमा क्रिसमस थिम

भिडियो स्लाइड शो मेकर पिकोभिकोमा क्रिस्टमस थिम थपिएको छ । प्रयोगकर्ताले अब पिकोभिकोमा १५ वटा थिम छानेर फोटो, टेक्स र म्युजिकबाट भिडियो बनाउन सक्नेछन् ।

पिकोभिकोमा क्रिसमस थिम

पिकोभिकोमा यसै साता क्यारोल, पार्टी र सर्कल थिम थपेको हो । नयाँ थिम पिकोभिको एप र वेब दुवैमा उपलब्ध छ ।

पिकोभिकोले केही समयअघि मात्रै वेब प्रिमियम भर्सन सार्वजनिक गरेको थियो । प्रयोगकर्ताले नि:शुल्क र शुल्क तिरेर क्रमश: स्ट्यान्डर्ड र प्रिमियम भर्सनको सुविधा लिन सक्छन् । 
‘फेसबुकले यसै वर्ष टाइमलाइनमा भिडियो अटोप्ले अप्सन सुरु गरेपछि धेरै ब्रान्डहरूको जोड भिडियोमा छ,’ जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले भने, ‘फोटा, टेक्स्ट र म्युजिकबाट सजिलै भिडियो बनाउन सकिने भएकाले ग्लोबल मार्केटमा पनि यसको सम्भावना छ ।’
पिकोभिको प्रिमियम एकाउन्टमा सय स्लाइडसम्मका ७२० पिक्सेलको भिडियो बनाउन सकिन्छ । र, यसलाई १० मिनेटरसम्म लामो बनाउन सकिन्छ । पिकोभिकोमा ३६० पिक्सेल क्वालिटीमा २५ वटासम्मका स्लाइड भिडियो नि:शुल्क बनाउन सकिन्छ । र, यसको लम्बाइ भने २ मिनेटसम्म मात्रै हुन सक्छ । हाल पिकोभिकोमा डेढ लाख वेब र ६५ हजार एप प्रयोगकर्ता छन् । पिकोभिको अहिले अंग्रेजी, स्पेनिस र जापानी भाषामा उपलब्ध छ । 

प्रकाशित : पुस १०, २०७२ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?