१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हेलो टेक

कम्प्युटर चिप निर्माता अमेरिकी कम्पनी इन्टेलले चालकविहीन कारको विशेषज्ञ कम्पनी मोबलाई करिब १६ बिलियन डलरमा किनेको छ । यो डिलसँगै अन्य धेरै कम्पनीजस्तै इन्टेल पनि चालकविहीन कारको यात्रामा सामेल भएको छ ।

हेलो टेक

इन्टेलले किन्यो मोबलाई


इन्टेल र मोबलाई मिलेर अलि पहिल्यैदेखि विख्यात कार निर्माता बीएमडब्लूसँग चालकविहीन कारका लागि काम गरिरहेका छन् । यो वर्षको मध्यपछि ४० वटा चालकविहीन कार परीक्षणका लागि तयार पार्ने बीएमडब्लूको योजना छ ।
पछिल्लो समय धेरै कार निर्माता कम्पनी एक्लै वा कुनै टेक्नोलोजी कम्पनीसँग मिलेर चालकविहीन कार बनाउने दौडमा छन् । सन् १९९९ मा स्थापना भएको मोबलाई कम्पनीले चालकविहीन कारलाई सुरक्षित बनाउने भिजन बेस सिस्टम बनाउँछ । सिंगापुरले अघिल्लो वर्षदेखि आफ्नो सहरमा केही चालकविहीन ट्याक्सी सुरु गरिसकेको छ र अन्य केही ठूला सहरसमेत यस्तै तयारीमा छन् । 

युट्युबले ल्यायो अपटाइम
युट्युबले यसै साता परीक्षणका लागि नयाँ एप सार्वजनिक गरेको छ जसले प्रयोगकर्तालाई साथीहरूसँगै रियल टाइममा भिडियो हेर्न सघाउँछ । यो एपमा युट्युबबाट समेत भिडियो सारेर हेर्न मिल्छ एवम् पेरिस्कोप र फेसबुक लाइभजस्तै यसमा रियल टाइम रियाक्सनको अप्सन राखिएको छ । 
समीक्षकहरूले गरेको टिप्पणीअनुसार यसअघि युट्युबले यस्तै फिचर भएको अन्य एपहरू सार्वजनिक गरेको भए पनि यो डिजाइनका हिसाबले त्यसभन्दा भिन्न छन् र यसको डिजाइन प्रयोगकर्ताले रुचाउने खालको छ । अहिले यो आईओएस डिभाइसमा मात्रै उपलब्ध छ ।
यसमा रियल टाइम र फरब टाइममा पनि भिडियो हेर्ने सुविधा छ । र, पछि हेर्नेले पनि रियल टाइममा भएका रियाक्सनहरू देख्न पाउने छन् ।

फुटबल स्ट्रिमिङमा फेसबुक
लामो समयदेखि आँखा लगाइरहेको काममा फेसबुकले यसै सातादेखि हात हालेको छ । फेसबुकले अमेरिकी चर्चित लिग फुटबल मेजर लिग सकर लिगको लाइभ स्ट्रिमिङको अधिकार पाएको छ । यो लिग मार्चदेखि अक्टोबरसम्म चल्छ ।
स्ट्रिमिङका क्रममा फेसबुकले आफ्नो कमेन्टेटर प्रयोग गर्नेछ भने विज्ञापनको परीक्षणसमेत गर्नेछ । यी खेलहरू फेसबुकले आफ्नो लाइभ प्लेटफर्मबाट स्ट्रिमिङ गर्ने मेजर लिग सकरले जनाएको छ ।
लिगले आफ्नो टेलिभिजन नेटवर्कबाट स्पेनिस भाषामा यसको प्रसारण गर्नेछ भने फेसबुकले अंग्रेजी भाषामा प्रसारण गर्ने अधिकार पाएको छ । फेसबुकले यसअघि पनि विभिन्न स्पोटर््स इभेन्टको स्ट्रिमिङ गरी परीक्षण गरिसकेको छ । ट्वीटरले पनि यसअघि केही स्पोर्ट्स इभेन्टको लाइभ स्ट्रिमिङको परीक्षण गरिसकेको छ । स्पोटर््स इभेन्टलाई आफूमार्फत स्ट्रिमिङ गर्न दुवै सोसल मिडिया कम्पनीबीच चर्को प्रतिस्पर्धा छ । 

प्रकाशित : चैत्र ४, २०७३ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?