रिपोरेन्जा डिलामोडा

काठमाडौं — काठमाडौंको फेसन दुनियाँ पनि चलायमान छ । हरेक साता शोहरू भइरहेको हुन्छ । याक एन्ड यतीमा शनिबार सम्पन्न रिपोरेन्जा डिलामोडा अर्थात् सेलेब्रेसन अफ फेसन वास्तवमा नयाँ डिजाइनरहरूको परीक्षा थियो ।

रिपोरेन्जा डिलामोडा

नमुना कलेज अफ फेसन डिप्लोको १२ औं ब्याचका ५७ जनाले तयार पारेका ड्रेसलाई कोरियोग्राफर रोजिन शाक्यको निर्देशनअनुसार मोडलहरूले ६ सिक्वेन्समा प्रस्तुत गरेका थिए । उनीहरूको प्रोजेक्ट वर्क साढे तीन घण्टासम्म चलेको थियो ।


डलहरूका लागि तयार पारिने जापानको लोलितालाई पहिलो सिक्वेन्समा प्रस्तुत गरिएको 
थियो । त्यसपछि इन्डो–वेस्टर्न फ्युजन, स्ट्रिट वेयर हुँदै ज्ञानीशोभा तुलाधरप्रति समर्पित ब्युटी–बिन र कर्पोरेट ड्रेस पस्किएको थियो । क्रिएटिभ डिजाइनमा मरिन थिमको अन्तिम सिक्वेन्ससँगै रिपोरेन्जा डिलामोडा टुंगिएको थियो । 

 

तस्बिरहरू : महेश प्रधान

प्रकाशित : भाद्र २३, २०७४ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?