२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

इन्स्टाग्राम स्टोरी वेबमा पनि

हेलो टेक

काठमाडौं — इन्स्टाग्रामले स्टोरी फिचर आफ्नो प्रतिस्पर्धी स्न्यापच्याटबाट कपी गरेको थियो । तर, इन्स्टाग्रामको स्टोरी फिचर प्रयोग गर्नेको संख्या स्न्यापच्याटको भन्दा धेरै भएको छ । यो फिचर लोकप्रिय भएपछि इन्स्टाग्रामले मोबाइलमा मात्रै उपलब्ध यो फिचर वेबमा पनि ल्याउने भएको छ ।

इन्स्टाग्राम स्टोरी वेबमा पनि


यस्ता खालका फिचरले फेसबुक, स्काइपदेखि अन्य एपमा समेत स्थान पाइसकेका छन् । इन्स्टाग्रामले सुरुमा स्टोरी फिचर वेबमा हेर्न मात्रै मिल्ने र केही समय लगत्तै वेबमा पनि स्टोरीमा फोटो अपलोड गर्न मिल्ने सुविधा सुरु गर्न लागेको हो ।
इन्स्टाग्रामको स्टोरी फिचर दैनिक २ सय ५० मिलियन प्रयोगकर्ताले प्रयोग गर्छन् । फेसबुकले सुरु गरेको यस्तै खालको फिचर स्टोरी र म्यासेन्जर डे पनि प्रयोगकर्तामाझ लोकप्रिय छ ।

 

प्रकाशित : भाद्र २३, २०७४ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?