१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आइफोन एटमा वायरलेस चार्जिङ

हेलो टेक

काठमाडौं — एप्पलले आफ्नो नयाँ आइफोन यसै साता (सेप्टेम्बर १२) मा सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले आइफोन सार्वजनिक गर्नुअघि भएको ‘लिक’ अनुसार आइफोनमा वायरलेस चार्जिङको सुविधा हुनेछ ।

आइफोन एटमा वायरलेस चार्जिङ


एप्पलको प्रतिस्पर्धी सामसुङले यसअघिको आफ्नो फोनमा राखिसकेको यो सुविधा आइफोनमा भने पहिलो हुनेछ । साथै, आइफोनमा बेजललेस डिस्प्ले हुनेछ । नयाँ आइफोन पहिलोपटक ५१२ जीबी स्टोरेज मोडलमा समेत उपलब्ध हुने अनुमान गरिएको छ । यसअघि आइफोनको अधिकतम स्टोरेज २५६ जीबीसम्म मात्रै थियो ।
आइफोन एटसँगै यो पटक आइफोन सेभेन एस र आइफोन सेभेन एस प्लससमेत सार्वजनिक हुने अनुमान गरिएको छ । एप्पलले यो वर्ष आइफोन सार्वजनिक भएको १० औं वर्षगाँठ मनाउँदै छ ।

प्रकाशित : भाद्र २३, २०७४ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?