कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शरीर स्क्यान गर्ने क्यामेरा !

हेलो टेक

काठमाडौं — वैज्ञानिकहरूले मानिसको शरीर स्क्यान गर्न सक्ने क्यामेराको निर्माण गरेका छन् । युनिभर्सिटी अफ इडिनवर्गका वैज्ञानिकहरूले यस्तो क्यामेराको निर्माण गरेका छन् ।

शरीर स्क्यान गर्ने क्यामेरा !


उनीहरूका अनुसार यस्तो क्यामेरा सामान्य प्रयोजनका लागि नभई चिकित्सकहरूका लागि उपयोगी हुनेछ जसले इन्डोस्कोपीजस्ता परीक्षण गर्दा औजारहरू शरीरको कुन ठाउँमा पुगे भनेर तत्काल थाहा पाउन सजिलो हुनेछ ।
यसअघि एक्स–रे जस्ता परीक्षणमात्रै शरीरको भित्री भागका बारेमा जानकारी मिल्थ्यो । अहिले बनेको प्रोटोटाइप डिभाइसले इन्डोस्कोपी गर्दा प्रयोग हुने इन्डोस्कोपबाट प्राप्त सामान्य प्रकाशको माध्यमबाट शरीरको स्क्यान तत्काल दिन सक्छ । यसको प्रोटोटाइपले भित्री भागको पूर्ण तस्बिर भने दिन सक्दैन । 

 

प्रकाशित : भाद्र २३, २०७४ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?