२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नयाँ आइफोनमा के छ ?

हेलो शुक्रबार

पाँच महिने हल्लालाई सत्य साबित गर्दै एप्पलले मंगलबार आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । पहिले दाबी गर्दै आएजस्तो एप्पलले आइफोन एट र एट प्लस सार्वजनिक गर्‍यो ।

 नयाँ आइफोनमा के छ ?

आफ्नो प्रोडक्टले १० वर्ष पुगेको अवसरमा उसले प्रयोगकर्तालाई सरप्राइज दिएको छ– आइफोन टेन ।
एप्पलका सीईओ टिम कुकले आइफोन एट र एट प्लसलाई अहिलेको उत्कृष्ट फोनको संज्ञा दिए भने आइफोन टेनलाई भविष्यको प्रविधि भनेका छन् । एप्पलले आफ्नो आइवाच थ्री पनि सार्वजनिक गर्‍यो, जसले सिरीसहित फोजी पनि सपोर्ट गर्नेछ । त्यस्तै, नयाँ एप्पल टीभी पनि ल्याएको छ ।

आइफोन एट र एट प्लस
यी दुवै फोनमा आइफोन सेभेन र सेभेन प्लसकै फिचर सुधारिएका छन् । दुवै फोनमा वायरलेस चार्जिङ हुने नै नयाँ विशेषता हो, जुन यसअघिका आइफोनमा थिएनन् । आइफोन एटमा ४.७ इन्च स्क्रिन साइज रहेको छ भने एट प्लसको स्क्रिन ५.५ इन्च छ ।
दुवै फोनमा होम बटन र टस आईडी राखिएको छ । दुवै फोनमा ट्रु टोन फिचरले फोनको कलरलाई बाहिरी प्रकाशसँग एडजस्ट गर्नेछन् । दुवैमा ए एलेभेन बायोनिक प्रोसेसर प्रयोग गरिएको छ, जसले अघिल्लो ए टेन प्रोसेसरभन्दा छिटो काम गर्न सक्छ ।
सिक्स कोर सीपीयू प्रयोग गरिएको छ । आइफोन एटमा अप्टिकल इमेज स्टेबलाइजेसनसहितको १२ मेगापिक्सेलको क्यामेरा छ भने एट प्लसमा १२ मेगापिक्सेलको दुई क्यामेरा छन् । दुवै फोन ६४ जीबी र २५६ जीबी मोडलमा उपलब्ध छन् ।

आइफोन टेन
आइफोन टेनलाई एप्पलका प्रमुख टिम कुकले भविष्यको स्मार्टफोन भनेका छन् । सन् २००७ मा स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गर्दा आइफोनलाई म्याजिक डिभाइसको संज्ञा दिँदै भविष्यको फोन यस्तै रहने दाबी गरेका थिए । आइफोन टेन सार्वजनिक गर्दै अहिलेका प्रमुख कुकले पनि धेरै पटक स्टिभलाई सम्झिए ।
एप्पलले आइफोन टेनमा केही नयाँपन दिएको छ । जस्तो : अघिल्ला आइफोनजस्ता यसमा अनलक गर्नका लागि फिंगरप्रिन्ट नभएर फेसआईडी प्रयोग गरिएको छ । यो प्रविधिले फोन लक भएको बेलामा समेत प्रयोगकर्ताको मुहारलाई चिनेर स्लाइड गर्नासाथ अनलक हुनेछ ।
फेस आईडी प्रविधि फिंगर प्रिन्टभन्दा कैयौं गुणा सुरक्षित रहने कम्पनीको दाबी छ । यसले आइफोन लक गर्नबाहेक अन्य थर्ड पार्टी एपको लागि पनि काम गर्नेछ ।
५.८ इन्च एज टु एज स्क्रिन रहेको आइफोन टेनमा ओलेड स्क्रिन प्रयोग गरिएको छ । स्क्रिनले आइफोन टेनको अघिल्लो भाग पूरै ढाकिनेछ । यसमा २१ मेगापिक्सेलको दुई रेअर क्यामेरा छन् । यसले प्रयोगकर्ताको हाउभाउअनुसार तत्काल इमोजी बनाउन सक्नेछ । फ्रन्ट क्यामेरामा पनि पोट्रेट मोड राखिएको छ । आइफोन टेन ६४ जीबी र २५६ जीबी मोडलमा ल्याइएका छन् ।
आइफोन टेनले सामसुङको ग्यालेक्सी नोट एट, एलजीको भिडियो केन्द्रित फोन भी थर्टी र गुगलको आगामी फोन पिक्सेल २ सँग बजारमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित : भाद्र ३०, २०७४ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?