कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईओएस ११

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौं — तीन नयाँ आइफोन सार्वजनिक गरेको एक सातापछि एप्पलले आफ्नो अपरेटिङ सिस्टम आईओएसको ११ औं भर्सन सार्वजनिक गरेको छ । विश्वभरका प्रयोगकर्ताले यो सपोर्ट गर्ने डिभाइसमा अपडेट गर्न सक्छन् । एप्पलका अनुसारका आईओएस ११ मा नयाँ डिजाइन थपिएका छन् जुन भर्खरै सार्वजनिक भएको आइफोन टेनमा उपलब्ध छ ।

आईओएस ११

आईओएस ११ मा कन्ट्रोल सेन्ट्रल, लक स्क्रिनसहित सेटिङ फिचरमा केही परिवर्तन ल्याइएको छ । जसमा डु नट डिस्टर्ब मोडसहित अन्य फिचरहरू छन् । साथै, क्यामेरामा पोट्रेट फोटोका लागि केही फिचर सुधारिएका छन् । सिरीलाई अनुवाद गर्नसमेत सक्ने बताइएको छ । आइफोन सेभेन, सेभेन प्लस, सिक्स एस, सिक्स एस प्लससहित, सिक्स, सिक्स प्लस, आइफोन एसई र फाइभ एस प्रयोगकर्ताले नयाँ आईओएस अपडेट गर्न सक्नेछन् ।

प्रकाशित : आश्विन २०, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?