२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

ट्वीटरको पनि लाइट एप

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौं — माइक्रो ब्लगगिङ साइट ट्वीटरले कम डाटा खपत गर्ने र टुजी नेटवर्कमा पनि चल्ने लाइट भर्सनको मोबाइल एपको परीक्षण थालेको हो । उसले अहिले फिलिपिन्सका प्रयोगकर्तामाझ यस्तो परीक्षण गरिरहेको जनाएको छ ।

ट्वीटरको पनि लाइट एप


ट्वीटरको लाइट एप एक एमबीभन्दा सानो साइजको र ७० प्रतिशत कम डाटा खपत गर्ने कम्पनीले जनाएको छ । यसलाई डाटाबाट इन्स्टल गर्दा पनि तीन एमबीभन्दा कम डाटा खपत हुने कम्पनीको दाबी छ ।
स्लो स्पिड डाटा भएको स्थानका प्रयोगकर्तालाई लक्षित गरी चाँडै एप सार्वजनिक गर्ने कम्पनीको योजना छ । ट्वीटरले यही वर्ष अप्रिलको पहिलो साता मोबाइल वेबका लागि लाइट भर्सन सार्वजनिक गरेको थियो । यसअघि फेसबुकले पनि आफ्नो एप र म्यासेन्जरको लाइट भर्सन सार्वजनिक गरिसकेको छ । 

 

प्रकाशित : आश्विन २०, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?