युट्युब एपमा भिडियो क्वालिटी सीमित

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौं — युट्युबले आफ्नो मोबाइल एपमा हाई डाइनामिक रेन्ज (एचडीआर) लाई हटाएर १०८० पिक्सेलमा सीमित गर्ने भएको छ । १४४० पिक्सेलमा हुने एचडीआर क्वालिटीमा एपमा भिडियो प्ले गर्दा फ्रेमका समस्या देखिएपछि युट्युबले यस्तो निर्णय गरेको हो ।

युट्युब एपमा भिडियो क्वालिटी सीमित


कम्पनीले यस्तो समस्या समाधान गर्न नसकेको र सबै स्मार्टफोनले यो क्वालिटीमा भिडियो प्ले गर्न नसक्ने भएकाले सीमित गर्ने निर्णय गरिएको सार्वजनिक रिपोर्टहरूमा भनिएको छ ।
युट्युबले भर्खरै मात्र आफ्नो एपको पुन: डिजाइन गरी सफा बनाएको छ भने मोबाइल एपमा भिडियोको स्पिड घटाउन र बढाउन सकिने फिचर थपेको छ । नयाँ एपमा प्रयोगकर्ताले मोबाइल समातेको अवस्थाअनुसार स्वत: भिडियोको पोजिसन बदल्ने फिचरसमेत छ ।

 

प्रकाशित : कार्तिक २४, २०७४ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?