स्मार्टफोनको बिक्री उच्च

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौं — यो वर्षको अगस्टदेखि अक्टोबरको बीचमा स्मार्टफोनको बिक्री बढेको एक अनुसन्धानले देखाएको छ । बजार अनुसन्धान गर्ने कम्पनी काउन्टर प्वाइन्टको प्रतिवेदनमा यो तीन महिनाको अवधिमा मात्रै स्मार्टफोनको बिक्री ४० करोड पुगेको छ ।

स्मार्टफोनको बिक्री उच्च


यो अन्य वर्षका यही अवधिको तुलनामा अत्यधिक भएको रिपोर्टमा उल्लेख छ । अनुसन्धानले पछिला वर्षमा स्मार्टफोनको बिक्री वार्षिक ५ प्रतिशतले बढेको जनाएको छ । यस्तै, बजारमा चिनियाँ कम्पनी ओप्पो, साओमी, भिभो र हवावेको वर्चस्व बढिरहेको पनि औंल्याइएको छ । यही अवधिमा सामसुङ, एप्पल र एलजीको बिक्री पनि थोरै बढेको प्रतिवेदनमा भनिएको छ ।
स्मार्टफोनको ७५ प्रतिशत बजार १० कम्पनीको हातमा रहेको र बाँकी स्मार्टफोन ६ सय बढी कम्पनीमा बाँडिएको तथ्य प्रतिवेदनले उजागर गरेको छ ।

 

प्रकाशित : कार्तिक २४, २०७४ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?