साओमीको नयाँ अपरेटिङ सिस्टम

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौं — चिनियाँ स्मार्टफोन निर्माता साओमीले एन्ड्रोइड अपरेटिङ सिस्टमको कस्टोमाइज भर्सन आफ्नो रोम एमआईयूआई नाइन सार्वजनिक गरेको छ । यसले पछिल्लो पटक प्रयोगकर्ताले चलाइरहेको एट भर्सनलाई विस्थापित गर्नेछ ।

साओमीको नयाँ अपरेटिङ सिस्टम


यसै साता नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेको साओमीले यो सबै प्रयोगकर्ताका लागि केही पछि उपलब्ध गराउने जनाएको छ । अहिले यसको बेटा भर्सन सार्वजनिक गरिएको हो । एचआईयूआई नाइनमा स्प्लिट स्क्रिन, सुधारिएको नोटिफिकेसन, एनिमेटेड आइकनजस्ता फिचर थपिएका छन् ।
सन् २०१४ मा बजार पठाइएको रेडमी फोजी, एमआई फो, एमआई नोटसहित रेडमी टुजस्ता डिभाइसमा पनि नयाँ अपरेटिङ सिस्टम सपोर्ट गर्नेछ । 

 

प्रकाशित : कार्तिक २४, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?