१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वायरलेस फाइल सेयरिङको परीक्षण

हेलो टेक

काठमाडौं — माइक्रोसफ्ट र गुगलले आ–आफ्नो डिभाइसका लागि वाईफाईमार्फत डाटा ट्रान्सफर हुने वायरलेस फिचरको परीक्षण गरिरहेको रिपोर्टहरू सार्वजनिक भएको छ । दुवै कम्पनीले डिभाइसलाई केन्द्रित गरी एप्पलको एयरड्रपजस्तै विशेषता भएको फिचरको परीक्षण गरिरहेका हुन् ।

वायरलेस फाइल सेयरिङको परीक्षण


गुगलले आफ्नो एप ‘फाइलगो’ मार्फत ब्लुतुथबाट नजिकका डिभाइसमा फाइल ट्रान्सफर हुने र माइक्रोसफ्टले आफ्नो यस्तो फिचरको नाम ‘सेयरनियर’ राखिएको रिपोर्टहरूमा जनाइएको छ । दुवै कम्पनीको आफ्नै छुट्टै फाइल सेयरिङ फिचर थिएनन् ।
माइक्रोसफ्टको यो फिचरले विशेषत: विन्डोज टेन कम्प्युटर चलाउने प्रयोगकर्ताहरू लाभान्वित हुनेछन् । यसमा सबै खालका फाइलहरू आदानप्रदान नगर्न सकिनेछ । गुगलको फाइलगो एप भने प्ले–स्टोरमा बेटा भर्सनमा उपलब्ध छ ।

 

प्रकाशित : मंसिर १, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?