२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फेसबुकको ‘लोकल’

हेलो टेक

काठमाडौं — फेसबुकले आफ्नो छुट्टै इभेन्ट एपलाई फेसबुक लोकल नाम दिएर सार्वजनिक गरेको छ । तत्कालका लागि यो अमेरिकी आईओएस र एन्ड्रोइड प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउँछन् ।

फेसबुकको ‘लोकल’

यसमा प्रयोगकर्ताको वरपर भएका रेस्टुरेन्ट, बार, होटलजस्ता स्थानहरूको जानकारी हुनेछ । साथै, यो एपमा सोही क्षणमा वरपर भइरहेको कुनै इभेन्टबारे पनि जानकारी दिन सक्नेछ ।
फेसबुकमा प्रयोगकर्ताले गरेको रिभ्यु, चेकइन वा बिजनेस पेजको आधारमा यी ठाउँहरू देखाइने कम्पनीले जनाएको छ । यो छुट्टै एपबाहेक फेसबुकले आफ्नो मेन एपमा भएको नियरबाई फिचरलाई पनि यस्तै सुविधाका साथ लोकल नाम दिएर रि–ब्रान्डिङ गर्ने भएको छ । यसले पनि प्रयोगकर्ताले वरपरका रेस्टुरेन्ट, बार, होटलजस्ता ठाउँहरू देखाउन सक्नेछ । 

 

प्रकाशित : मंसिर १, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?