३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

खादी–नेपाली फेसन

काठमाडौं — मुम्बईमा व्यस्त रहँदै आएकी नेपाली सुपरमोडल आस्था पोखरेल गत शुक्रबार राजधानीमै देखिइन् । उनी खादीको पहिरन लाएर लैनचौरस्थित भारतीय दूतावासमा क्याटवाक गरिरहेकी भेटिइन् ।

खादी–नेपाली फेसन


कार्यक्रम थियो, खादी–नेपाली फेसन । यसमा खादी तथा घरेलु माध्यमबाट बनाइएका पहिरनलाई चर्चित मोडल तथा कलाकारहरूले प्रदर्शन गरेका थिए । नेपाली डिजाइनरहरू अस्तिक शेरचन, अनु श्रेष्ठ, सुम्निमा बास्तोला तथा भारतकी पायल जैनले तयार गरेका ड्रेसलाई काठमाडौंको चिसिँदै गएको साँझ प्रस्तुत गरिएको थियो ।
झट्ट हेर्दा त्यस्तो ग्ल्यामरस देखिएन तर घरेलु कपडाका ड्रेसमा डिजाइनरहरूले मिहिनेतपूर्वक गरेका सिर्जना प्रस्टै झल्किएको थियो । सुपरमोडल आस्थासहित मिस नेपाल २०१५ इभाना मानन्धर, मिस नेपाल २०१६ अश्मि श्रेष्ठ, अभिनेत्री ओसिमा बानु, मोडल पारामिता राज्यलक्ष्मी राणा र्‍याम्पमा ओर्लिएका थिए । मिस इन्डिया युनाइटेड कन्टिनेन्ट्स २०१७ साना डुआसहित भारतका स्थापित मोडलहरू पनि सहभागी थिए । 

 


तस्बिरहरू : महेश प्रधान

प्रकाशित : मंसिर १, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?