कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

विरोध कि समर्थन ?

आइरिस ब्यान्ड यु–टुको १४ औं स्टुडियो एल्बम ‘सङ्स अफ एक्सपिरियन्स’ कस्तो छ त ? :
हिमेश

काठमाडौं — जति बेला तिमी राम्री देखिन्छौ
तिम्रो अनुहारका पीडा देखिन्न
जति बेला तिमी साँच्ची राम्री देखिन्छौ
त्यो तिमीलाई पनि थाहा हुन्न

विरोध कि समर्थन ?

जति बेला तिमी राम्री देखिन्छौ

तिम्रो अनुहारका पीडा देखिन्न
जति बेला तिमी साँच्ची राम्री देखिन्छौ
त्यो तिमीलाई पनि थाहा हुन्न

यस्तै–यस्तै अर्थ बोक्छ, यु–टुको भर्खरै रिलिज भएको नयाँ एल्बम ‘सङ्स अफ एक्सपिरियन्स’ को प्रमुख गीत यु आर द बेस्ट थिङ एबाउट मीको सुरुआती अंशले । अहिले विश्व संगीत यही यु–टुको नयाँ एल्बमको पछाडि लागेको छ । यस्तो नहोस् पनि किन र ? यदि गम्भीर संगीत सुन्नु छ, राम्रा शब्दमा डुब्नु छ भने यु–टुबाहेक अर्को विकल्प कहाँ तयार छ र ? यसकै एउटा अर्को उदाहरण हो– यु आर द बेस्ट थिङ एबाउट मी, खुबै स्वादिलो गीत छ यो ।
सङ्स अफ एक्सिपिरियन्स आइरिस ब्यान्ड यु–टुको १४ औं स्टुडियो एल्बम हो, जुन डिसेम्बर १ मा रिलिज भयो । यो कस्तो एल्बम हो त ? यसका लागि ब्यान्डको पछिल्लो अर्को एल्बम ‘सङ्स अफ इनोसेन्स’ लाई पहिले उल्लेख गर्नुपर्ने हुन्छ, यस्तो किन भन्दा अहिलेको एल्बम त्यसकै अर्को भाग भन्दा हुन्छ अथवा त्यसकै जोडी । सन् सत्तरीमा डब्लिनतिर स्थापना भएको यु–टुका सुरुआती गीतमा त्यति बेला आयरल्यान्डमा चलिरहेको स्वतन्त्रता आन्दोलनको पूरा भाव पाइन्छ ।


त्यसैले यु–टुको विरोध गर्ने पनि धेरै छन् । अहिलेको एल्बमलाई मन परेन भन्ने पनि धेरै निस्किसकेका छन् । ब्यान्डका फ्रन्टम्यान बोनोसँग विचार नमिल्ने पनि उत्तिकै छन् । तर एउटा तथ्य के हो भने जस्तै भए पनि यु–टुका गीत र एल्बमलाई हेर्दै नहेर्ने र सुन्दै नसुन्ने भने गर्न सकिन्न । अहिलेको एल्बम ‘सङ्स अफ एक्सपिरियन्स’ को विशेषता पनि यही हो । ‘सङ्स अफ इनोसेन्स’ निस्कँदै अब ‘सङ्स अफ एक्सपिरियन्स’ पनि निस्कनेछ भनेर त्यसै बेला जनाउ दिइसकेको थियो ।
खासमा यस एल्बमका गीत बोनोले लेखेका चिठीको संग्रह जस्तै हो, जुन उनले आफ्ना खासै धेरै नजिक भएकालाई लेखेका थिए । उनले त्यस चिठीमा मनको भाव पोखेका छन् । केही अगाडि बोनो आफैं अविश्वसनीय ढंगले साइकल दुर्घटनामा परेका थिए, धेरैलाई त्यो सम्झना हुनुपर्छ । अहिलेको एल्बमका गीत लगभग त्यसयता तयार भएका हुन् । यो वर्षको सुरुमै यो एल्बम रिलिज गर्ने योजना पनि थियो, तर पछाडि सारियो । कारण के त ?
ब्रेक्जिट र अमेरिकी राष्ट्रपति चुनावको नतिजा । यु–टुका लागि दुवै अनपेक्षित जस्तै थियो । विशेषत: बोनोका लागि । त्यसैले लगभग तयार भइसकेका गीतलाई उनले फेरि
पुनर्लेखनको प्रयास गरे । उनी चाहन्थे, यो एल्बमका गीतमा राजनीतिक स्वाद पनि रहोस् । एल्बमको मुख्य गीत यु आर द बेस्ट थिङ एबाउट मी भने सेप्टेम्बरमा नै रिलिज भइसकेको थियो । यसको उद्देश्य आफ्नो नयाँ एल्बमको चर्चा होस्, प्रोमोसन होस् भन्ने नै थियो ।
सन् १९७६ तिर ब्यान्ड स्थापना भएको थियो र ड्रमर ल्यारी मुलेन जुनियनले १४ वर्षको उमेरमा ब्यान्ड बनाउनका लागि स्कुलमा विज्ञापन निकालेका थिए । त्यही विज्ञापन हेरेर अरू तीन जना पनि जम्मा भए, बोनोसँगै द एजे र एडम क्लेयटन । बोनोको स्वर, द एजे गितारमा अनि क्लेयटनको जिम्मेवारी बासमा । यी सबै ४० वर्ष अगाडिका प्रसङ्ग हुन्, जुन ब्यान्डबारे चर्चा गर्दा फेरि दोहोर्‍याएर आउने गर्छ । यति धेरै वर्षपछि पनि यो ब्यान्डको लोकप्रियता किन उस्तै छ त ? यसको एउटा उत्तर हुन सक्छ, यही नयाँ एल्बम ‘सङ्स अफ एक्सपिरियन्स’ ।

twitter : @himeshratna

प्रकाशित : मंसिर २२, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?