ब्याटल अफ डीजे

काठमाडौं — बाहिरको मौसम निकै चिसिँदै थियो । बेलुकाको दस बज्न लागेको थियो । तोकिएभन्दा झन्डै तीन घण्टा ढिला क्लब डेजाभुको माहोल तात्न थाल्यो । कार्यक्रम थियो– ब्याटल अफ डीजे ।

ब्याटल अफ डीजे

नेपाल र भारतका डीजेहरूको प्रतिस्पर्धाका रूपमा ‘ब्याटल अफ डीजे’ शनिबार आयोजना गरिएको थियो । डेजाभुको डान्स फ्लोरमा दर्शक लगभग हाउसफुल नै थियो । उनीहरूलाई नेपाली, हिन्दी र अंग्रेजी गीतमा डीजेहरूले नचाएका थिए । उनीहरूको मिक्सिङले बारम्बार चर्चित फ्रान्सेली डीजे डेबिड गुएटाको सम्झना दिलाएको थियो ।
नेपालका डीजे सुरज, डेबिड ल्हो, डेभिल, जेवाओ, एन प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरूलाई गोवाबाट प्रितेश, अक्षित, डेबिड, साज अख्तर र ब्रेनवासले चुनौती दिएका थिए । र्‍यापर लाहुरे, नेपाली डीजे राजु, इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो कला देखाइसकेका डीजे रविस र भियतनामबाट आएका डीजे काइजरले साज अख्तरलाई ब्याटल अफ डीजेको विजेता घोषित गरे ।
राजुबाहेक सबै निर्णायकले पनि डान्स फ्लोर तताएका थिए । डीजे ताइसी, प्रज्वल र ट्रिक्सटरले पनि म्युजिक कला प्रस्तुत गरेका थिए । सेलिब्रिटी पाहुनाका रूपमा बलिउड कलाकार नील नितिन मुकेशको उपस्थिति रहेको उक्त डीजे पार्टी झन्डै आइतबार बिहान ५ बजेसम्म चलेको थियो ।

 

तस्बिरहरू : प्रकाश तिमिल्सेना

प्रकाशित : मंसिर २२, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?