१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नयाँ सुपरस्टार !

काठमाडौँ — बिलबोर्डले प्रत्येक वर्ष नयाँ सूची जारी गर्ने गर्छ, जसमा हुने गर्छ, शक्तिशाली युवा गायक, गायिका र ब्यान्ड । बिलबोर्डलाई विश्वास हुने गर्छ, यी गायक, गायिका र ब्यान्ड तिनै हुन्, जसले पछि पश्चिमेली संगीतमा कुनै न कुनै दिन पक्कै तहल्का मच्चाउनेछ ।

नयाँ सुपरस्टार !

हुन पनि, यो सूचीमा परेका कलाकार त्यस्ता हुन्, जसले कम उमेरमै आफ्नो प्रतिभा सिद्ध गरेका छन् र अहिले नै कुनै न कुनै प्रकारले सनसनी मच्चाइसकेका छन् । र, भनिरहनु पर्दैन, यस सूचीमा पर्ने जति छन्, ती सबै यू–२१ समूहका हुन्, अर्थात् २१ वर्ष मुनिका । यसपालि बिलबोर्डको सूचीको शीर्ष पाँचमा को–को पर्न सफल रहे त ? एक नजर :


स्वान मेन्डिस

वर्ष : १९

‘मेरो जीवनमा यति धेरै परिवर्तन भइरहेको छ कि त्यो मलाई नै विश्वास छैन, त्यो पनि निकै तीव्र गतिमा,’ स्वान मेन्डिस भन्ने गर्छन् । नहोस पनि किन र, उनका गीत एकपल्ट सुन्नु पर्छ, कर लाग्छ, फेरि दोहोर्‍याएर सुन्न । त्यसैले उनका पाँच गीत बिलबोर्डको हिट चार्ट्समा परिसकेका छन् । जस्तो, ‘नथिङ होल्डिङ मि ब्याक’ । यस्तै, ‘ह्यान्ड रिटर्न’ र ‘इलिमिनेट’ । एउटा अनुमान छ, उनले कम्तीमा पनि करोड डलरको हाराहारीमा कमाइसकेका छन् । सन् २०१२ तिरै १३ वर्षको उमेरमा गितार बनाउन सुरु गरेका मेन्डिसको सबैभन्दा ठूलो विशेषता हो, मीठो गीत रचना । त्यो पनि मूलधारको पश्चिमेली संगीतलाई मिल्ने गरी ।



खालिद वर्ष : १९

जति बेला यी १९ वर्षीय गायक खालिद हाईस्कुलमा पढ्दै थिए, त्यति बेला नै उनले आफ्नो डेब्यु एल्बम जारी गर्न सफल भइसकेका थिए । र त्यसको नाम थियो, आफ्नै उमेर सुहाउँदो, ‘अमेरिकन टिन’ । उनले आफ्ना साथी क्लेभिन ह्यारिससँग मिलेर पनि गीत लेखेका छन् । उनको विश्वास छ, आफूले यस संगीत क्षेत्रमा शतप्रतिशत मिहिनेत गर्ने हो भने सफलता धेरै टाढा छैन । एक प्रकारले यो उनको आत्मविश्वास पनि हो । उनको भनाइ नै रहेको छ, ‘धेरैले भनेका छन्, मेरा गीत सुनेर एकपल्ट मलाई पक्कै हेर्ने गर्छन् ।’



लोर्डे वर्ष : २०

यी हुन्, न्युजिल्यान्डका उम्दा युवा गायिका । रेडियोको माध्यमबाट मूलधारको संगीतमा प्रवेश गरेका लार्डेले गायिका हुन सुहाउँदो ग्ल्यामरस अनुहार पनि पाएकी छिन् । साथमा गीत लेख्ने कला पनि । उनको एलपी ‘मेलोड्रा’ ले सनसनीपूर्ण ढंगले बिलबोर्ड चार्ट्समा डेब्यु गरेको थियो । नतिजा, उनी तुरुन्तै ग्रायमी अवार्डका आयोजकको आँखामा परिहाले । सन् २०१८ तिर उनी अमेरिका भ्रमणमा

निस्कने कार्यक्रम छ र त्यसले उनलाई अझ सफल बनाउन

मद्दत गर्नेछ ।



लिल याचटी वर्ष : २०

भर्खर लिल याचटी २० वर्ष पुग, तर उनी अहिले नै ग्रायमी अवार्डको मनोनयनमा परिसकेका छन्, सन् २०१७ मा । यसले पनि प्रस्ट पार्छ, उनी कति धेरै प्रतिभाशाली छन् भनेर । उनी आफैले आफैलाई घोषणा गरेका छन्, ‘किङ अफ युथ’ । उनको एल्बम ‘लिल बोट’ निकै सफल पनि रह्यो र यसका केही गीत चार्ट्समा पनि परे । उनका गीतको सबैभन्दा ठूलो विशेषता हो, यसमा किशोरकिशोरीका भावनलाई बढी स्थान र महत्त्व दिनु, जुन उनी आफैले अनुभव

गरेका हुन् ।



क्यामिलो कबेलो वर्ष : २०

कुनै समय थियो, जति बेला क्यामिलो कबेलोले निकै सफल गल्र्स ब्यान्ड बनाएकी थिइन् र त्यसको नाम थियो, ‘फिफ्थ हार्मोनी’ । यो ब्यान्ड सफल पनि रह्यो, तर लामो समय टिक्न सकेन् । सायद २० वर्षीया गायिका कबेलोलाई आफ्नो सोलो करिअरमा बढी विश्वास थियो कि ? जे होस, ब्यान्डका केही गीत यसअघि नै चार्ट्समा परिसकेका थिए । अहिले उनको सोलो गीत ‘क्राइङ इन द क्लब’ ले खुबै तहल्का मच्चाइरहेको छ । लामो कालो कपाल र त्यसलाई मिल्ने निकै निर्दोष देखिने अनुहार, कबेलो चाँडै ठूलो स्टार बन्ने बाटोमा छिन् ।

प्रकाशित : पुस १४, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?