अब सर रिङ्गो स्टार

काठमाडौँ — बिटल्सका सदस्यमध्ये सबैभन्दा कम चर्चामा आउने गर्छन्, रिङ्गो स्टार । यी ड्रमर अहिले ७७ वर्षका भए । बिटल्सको सफलता पछाडि उनको पनि उत्तिकै योगदान रहेको मानिन्छ, विशेषत: उनलाई ब्यान्डका लागि भाग्यमानी मानिन्छ । कारण, जति बेला उनले ब्यान्डमा औपचारिक रूपमा प्रवेश पाए, त्यति बेलादेखि यसले ख्याति कमाउन सुरु गर्‍यो । 

अब सर रिङ्गो स्टार

यिनै रिङ्गो स्टार अब औपचारिक रूपमा ‘सर रिङ्गो स्टार’ हुने भएका छन् । भर्खरै मात्र उनलाई ‘नाइटउड’ ले सम्मान गरिएको छ । ब्यान्डको अर्को जिउँदो सदस्य पउल म्याकार्टीले धेरै अगाडि नै यस्तो उपाधि पाइसकेका थिए । त्यसो भनेको सन् १९९७ मै उनी सर म्याकार्टी भइसकेका थिए । त्यसको २० वर्षपछि मात्र रिङ्गो स्टारले यो सम्मान पाए ।

त्यसैले धेरैको प्रतिक्रिया रहेको छ, ‘रिङ्गो स्टारलाई धेरै अगाडि नै सरको उपाधि दिइनुपर्ने थियो, ढिला नै सही राम्रै भयो ।’ म्याकार्टीले भने ट्वीट गर्दै उनलाई बधाई दिएका छन् । उनको भनाइ थियो, ‘रिङ्गो सबैभन्दा राम्रा ड्रमर हुन् अनि मेरा सबैभन्दा राम्रा साथी पनि ।’ रिङ्गो स्टार आफैं पनि मख्ख छन् र उनको खुसी उनको अनुहारमा प्रस्टै देखिएको छ ।

–एजेन्सीबाट

प्रकाशित : पुस २१, २०७४ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?