२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

युट्युबमा प्रोइभेसी मोड

काठमाडौँ — युट्युुबले मोबाइल प्रयोगकर्तालाई लक्षित गरी नयाँ अपडेट ल्याउने भएको छ । नयाँ अपडेटमा मोबाइल र डेस्कटप दुवै भर्सनका प्रयोगकर्ताका लागि पनि नयाँ परिवर्तन हुनेछ ।

युट्युबमा प्रोइभेसी मोड

युट्युब स्रोतलाई उद्धृत गर्दै बाहिरिएको समाचारअनुसार मोबाइल एन्ड्रोइड प्रयोगकर्ताले पनि अब स्मार्टफोनमै डार्क थिमको सुविधा पाउनेछन् । यसअघि यो सुविधा डेस्कटपमा मात्र थियो । साथै, प्रयोगकर्ताले ‘इन्कनिटो मोड’ मा युट्युब प्रयोग गर्न सक्नेछन्, जसको हिस्ट्री सेभ हुने छैन । यो मोबाइल र डेस्कटप दुवै प्रयोगकर्ताले पाउनेछन् ।

मोबाइलमा भिडियो हेर्ने प्रयोगकर्ताको सुविधाका लागि विज्ञापन हटाउन स्वाइप अप्सन थपिन लागिएको छ, जसले भिडियोको बीचमा आउने विज्ञापन हटाउन स्वाइप गर्नुपर्नेछ । यसले मोबाइल प्रयोगकर्तालाई सजिलो हुनेछ ।

प्रकाशित : माघ ५, २०७४ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?