कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिग बोस शिल्पा

काठमाडौँ — सय दिनभन्दा बढी बिग बोसको घरमा बसेर सिजन ११ को टाइटल जित्न सफल भएपछि शिल्पा सिन्देको चर्चा बाक्लिएको छ । उनीे हिना खान र विकास गुप्तालाई फाइनल राउन्डमा उछिनेर भारु ४४ लाख पुरस्कारसहित बिग बोस बनेकी हुन् ।

बिग बोस शिल्पा

हिन्दी सिरियल पारखीका लागि शिल्पा नयाँ होइनन् । १८ वर्षअघि नै ‘भाभी’ सिरियलमा नेगेटिभ रोल निर्वाह गरेर अभिनय दुनियाँमा छिरेकी यिनी पछिल्लो समय भने ‘भाबी जी घर पर हैं’ सिरियलबाट काफी चर्चामा आइन् । उक्त सिरियलमा उनलाई अंग्रेजी उच्चारणको शैली, कमिक टाइमिङ र ‘सही पकडे हैं’ थेगोले रातारात हिट बनाइदियो । तर दुर्भाग्य, चर्चाको शिखरमा रहेका बेला उनले सिरियल छोडिन् । निर्माता सञ्जय कोहलीद्वारा यौन उत्पीडनको सिकार हुनुपरेको आरोप लगाएपछि कोहलीकी पत्नीले समेत शिल्पालाई करिअर नै ध्वस्त पारिदिने धम्की दिएको बताइन्छ ।

त्यसपछि उनी केही समय कामविहीन रहिन् । बीचमा ‘पटेल की पञ्जाबी सादी’ फिल्ममा आइटम डान्स गरेकी शिल्पालाई त्यसमा पनि वजनका कारण अनेकन ट्रोलको सिकार हुनुपरेको थियो । ‘म धेरै खराब यात्राका बाबजुद ठूलो आशा लिएर बिग बोसको घर छिरेकी थिएँ । यो यात्रा एकदमै सुखद रह्यो । अब जिन्दगी खुसीले भरिनेमा आशावादी छु,’ उनले बिग बोसको टाइटल जितेपछि राहतको सास फेर्दै भनेकी छन् । उनी बिग बोसमा छवि सुधार्नकै लागि सहभागी भएको बताउँछिन् ।

‘कतिपयलाई लाग्दोरहेछ कि मैले खुबै नखरा देखाउँछु । घमण्डी छु । तर मप्रतिको यो धारणालाई गलत सावित गर्न बिग बोस नै गतिलो माध्यम हो भन्ने लाग्यो । किनकि सयभन्दा बढी क्यामेराअघि १ सय ५ दिनसम्म मैले नाटक गर्न सक्ने कुरा थिएन ।’ ४० वर्षीया शिल्पाले भनेकी छन् । बिग बोसकी खासै फ्यान नरहेकी शिल्पाले आफूलाई सत्य सावित गराउन भने यही शोको सहारा लिइन् । ‘सत्यको बाटो केही लामो अवश्य हुन्छ । तर तपाईं गन्तव्यमा अवश्य पुग्नुहुन्छ । बिग बोसको ट्रफी पनि मेरो त्यही गन्तव्य हो,’ उनले भनेकी छन् ।

त्यसो त शिल्पाले बिग बोसको घरमा छिरेर आफूलाई प्रमाणित मात्र गरिनन्, धेरै कुरा सिकिन् पनि । भन्छिन्, ‘अरूलाई बुझ्नु छ भने धैर्य लिनुपर्ने रहेछ । धैर्य राख्दै आफ्नो मनोबल उच्च र दरिलो राख्नुपर्छ । केही पनि कुरा दिमागमा खेलाएर बस्नु हुँदैन । जतिसक्दो छिटो त्यसलाई छोड्यो, उति छिटो आफूलाई खुसी राख्न सकिन्छ ।’ त्यसो त बिग बोसको घरमा पनि शिल्पालाई अन्य सहभागीले खासै साथ दिँदैनथे । तर उनले दर्शकमाझ भने सधैं सत्यको वकालत गर्ने, नखरा नपार्ने र हिम्मतवाली सदस्यको छवि बनाइन् । त्यसैले पनि ट्वीटरदेखि

विभिन्न सामाजिक सञ्जालमा पनि शिल्पालाई टाइटल विजेताको एकमात्र हकदार मान्नेको

बहुमत थियो ।

टीभी सिरियलबाट पहिल्यै नमीठो अनुभव सँगालेकी शिल्पाले बिग बोस टाइटल जितेपछि भने सानो पर्दामा फर्केर नजाने टिप्पणी गरेकी छन् । त्यसो त केही क्षेत्रीय फिल्मको काममा समेत हात हालिसकेकी शिल्पाले आगामी दिनमा फिल्ममा काम गर्ने इच्छा राखेकी छन् । आखिर पोर्न स्टार सनी लियोनी पनि बिग बोसमै सहभागी हुँदै बलिउडमा नायिकाका रूपमा छिरेकी थिइन् । शिल्पाका लागि ढोका नखुल्ला भन्न सकिन्न ।

–एजेन्सीहरूबाट

प्रकाशित : माघ ५, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?