फेसबुकमा ‘डाउनभोट’

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वेक्षणअनुसार के देखिन्छ भने फेसबुकमा अधिकांश प्रयोगकर्ताले डिसलाइक बटन राख्नुपर्ने माग गर्दै आएका छन् । फेसबुकले सन् २००९ मा लाइक बटन सुरु गरेयता प्रयोगकर्ताले डिसलाइक बटनको चाहना गर्दै आएका हुन् ।

फेसबुकमा ‘डाउनभोट’

कसैको स्टाटस, फोटो वा भिडियोमा लाइक मात्र हाइन, डिसलाइक गर्ने मन पनि हुन्छ । त्यसैले आफूलाई मन नपरेको पोस्टमा प्रतिक्रिया जनाउन यस्तो बटनको माग हुँदै आएको हो ।


डिसलाइक बटन नभए पनि फेसबुकले डाउनभोट बटन सुरु गर्ने भएको छ । तर, सबै प्रयोगकर्ताको प्रोफाइलका लागि भने होइन । पब्लिक पेजमा आउने कमेन्टमा अन्य प्रयोगकर्ताले डाउनभोट गर्न पाउनेछन्, केही समयपछि । पब्लिक पोस्टमा आउने घृणा फैलाउने र उत्तेजित अभिव्यक्तिको रिपोर्ट गर्नका लागि डाउनभोट बटनको अप्सन राख्ने फेसबुकले जनाएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?