कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षित ‘स्टोरिज’

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्स्टाग्रामको स्टोरिज फिचर २४ घण्टापछि स्वत: डिलिट हुने गर्छ । आफूले राखेको फोटो तथा भिडियो लामो समयसम्म नबस्ने र कसैले डाउनलोडसमेत गर्न नमिल्ने भएकाले प्रयोगकर्ताले यसलाई सुरक्षित मान्छन् किनकि भविष्यमा कुनै फोटो वा भिडियो राखेकै कारण झन्झट व्यहोर्नु पर्दैन ।

सुरक्षित ‘स्टोरिज’

तैपनि कसैले चाहेको खण्डमा मोबाइल स्क्रिन सट गरी यस्ता स्टोरिज सुरक्षित राख्ने सम्भावना भने कायमै थियो ।


यही कमजोरीबाट स्टोरिजलाई बचाउन इन्स्टाग्रामले नयाँ फिचर चाँडै सुरु गर्ने भएको छ । यसका लागि कसैले स्टोरिजको स्क्रिन सट गरे त्यसको जानकारी दिने फिचर इन्स्टाग्रामले सुरु गर्ने भएको छ । कम्पनीले चाँडै यो फिचर सबै प्रयोगकर्ताका लागि खुला गर्ने जानकारी दिएको छ ।


प्रकाशित : फाल्गुन ४, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?