कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मेटालिकालाई संगीतको नोबल पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — लामै समय भयो, मेटालिकाले आफूलाई स्थापित ब्यान्डका रूपमा प्रस्तुत गरेको। मेटालिका मन पर्न पनि सक्छ, मन नपर्न पनि सक्छ, तर पश्चिमेली संगीतमा यो ब्यान्डको योगदानलाई कम आँक्न कसैले सक्दैन। त्यसैले त मेटालिकालाई हालै प्रदान गरिएको छ, पोलार म्युजिक प्राइज। विश्व संगीत क्षेत्रमा यसलाई नोबल प्राइज जत्तिकै मानिन्छ। 

मेटालिकालाई संगीतको नोबल पुरस्कार

विश्व संगीतमा पुर्‍याएको अतुलनीय योगदानका लागि पोलार म्युजिक प्राइज दिइने गरिन्छ। यससँग मेटालिकाले एक लाख २६ बजार डलर जति पनि पाउनेछ र यो ब्यान्डका लागि खासै ठूलो रकम भने होइन।


त्यसैले ब्यान्डले भनिसकेको छ, यो रकम उसले च्यारिटी संस्थाहरूलाई दिनेछ, विशेषत: शिक्षा क्षेत्रमा काम गरिरहेको संस्थालाई। एउट तथ्य के निश्चित छ भने यो प्राइज पाएकोमा ब्यान्ड आफैं भने खुसी छ। प्राइज दिने संस्थाले भनेको छ, मेटालिकाले त्यस्तो काम गरेको छ, जसले रक संगीत एक तह माथि पुगेको छ। आफ्नो ब्यान्डबारे यस्ता प्रशंसाका शब्द सुन्दा लार्स उलरिचले वास्तवमै मख्ख छन्। ‘पछिल्ला तीन दशक बढी समयमा मेटालिकाले केही गरेकै जस्तै लागेको छ,’ उलरिचले भनेका छन्।


गायक जेम्स हेटफिल्डले भने आफ्नो ब्यान्डले संगीत इतिहासमा केही गरेको जस्तो लाग्न थालेको प्रतिक्रिया दिएका छन्। सन् १९८१ मा लस एन्जलसमा स्थापित यस ब्यान्ड सुरुका दिनमा थ्रायस मेटलका लागि प्रसिद्ध थियो। पछि त्यसमा नरमपन आउन थाल्यो। ब्यान्डका अधिकांश एल्बमलाई मेटल संगीतमा निकै राम्रो मानिन्छ।

–एजेन्सीहरूबाट

प्रकाशित : फाल्गुन ११, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?