रक अन

काठमाडौँ — सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा घुइँचो बढ्ने क्रम अझै सुरु भइसकेको छैन किनभने गर्मी अझै चर्किएको छैन ।

रक अन

गर्मीमा यहाँ पौडी खेल्नेको बाक्लै उपस्थिति रहन्छ । स्विमिङ पुलबाहिर शनिबार दिउँसो करिब चार हजार पाँच सय युवायुवती भेला भइसकेका थिए । उनीहरूको चाहना पौडी थिएन, थियो त बाइक स्टन्ट हेर्ने ।


स्लोभेनियाली स्टन्ट राइडर रक बागारोस विश्वमै चर्चित छन् । बाइक स्टन्ट गर्दै विभिन्न कला प्रदर्शन गर्दै उनले दर्शकलाई मुग्ध पार्ने गर्छन् । उनले सातदोबाटोमा त्यस्तै स्टन्ट देखाए, जसरी विश्वका धेरै सहरमा देखाइसकेका छन् । केटीएम रोअरिङ गियर्समा उनको ४० मिनेटको प्रदर्शनले वाहवाही नै लुटेको थियो । उनले २५० सीसीको ड्युक बाइकमार्फत स्टन्ट गरेका थिए ।

अस्ट्रेलियन बाइक केटीएमले पहिलोपल्ट नेपालमा आयोजना गरेको अरेन्ज स्टन्ट च्याम्पियनसिपमा आठ नेपाली युवाले प्रतिस्पर्धा गरेका थिए । केटीएमका ड्युकलगायत विभिन्न बाइकमार्फत उनीहरूले ५–५ मिनेट स्टन्ट गरेका थिए । २२ वर्षीय भीम होना च्याम्पियनसिपमा पहिलो भए । करिब चार घण्टा सञ्चालित कार्यक्रममा लेडी स्टन्ट राइडर आरजु सिंह ठकुरीको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन दिएको थियो ।

प्रकाशित : चैत्र २, २०७४ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?