कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पूर्णिमाको छलाङ

मैले आफैंले रोजेको क्षेत्र मोडलिङ हो । यसमा सन्तुष्ट छु ।

काठमाडौँ — चितवनकी पूर्णिमा श्रेष्ठ काठमाडौंमा संघर्ष गरिरहेकी मोडल हुन् । उनी लोक नृत्यमा पनि पारंगत छिन् ।

पूर्णिमाको छलाङ

लोकदोहोरी गायक/गायिका पशुपति शर्मा र राधिका हमालको चर्चित गीत ‘क्याम्पस पढ्न आउनी...’ को म्युजिक भिडियोमा मोडलिङ गरेपछि उनी चर्चामा आएकी हुन् ।

‘मालती’ फिल्ममा बाल कलाकारका रूपमा अभिनय गरेकी पूर्णिमा २०६७ सालमा नेपाल टेलिभिजनको नृत्यसम्बन्धी प्रतियोगिता ‘छमछमी’ मा दोस्रो भएकी थिइन् । उनी एक दशकयता नेपाल पुलिस क्लबको सांस्कृतिक शाखामा कार्यरत छिन् । यसमा उनी नृत्य सिक्छिन्, नयाँलाई सिकाउँछिन् पनि । उनी कौडा, घाटु, झ्याउरेमा पारंगत डान्सर हुन् ।

विभिन्न जनजातिहरूको लोक संस्कृतिलाई नृत्यमार्फत बचाउने र प्रवद्र्धन गर्ने काम आफूहरूले गर्दै आएको उनले सुनाइन् । ‘छमछमीमा सहभागी भएपछि सबैले चिन्ने भए,’ उनी भन्छिन्, ‘त्यसपछि मोडलिङका लागि प्रस्ताव आउने क्रम बढ्दै गयो ।’ नृत्य प्रतियोगितामा सहभागिता जनाउने क्रममा उनी कहिल्यै रित्तो हात फर्किनन् । उनले ५ सय बढी दोहोरी र आधुनिक गीतका म्युजिक भिडियोमा मोडलिङ गरिसकेको बताइन् ।

उनी क्लासिकल डान्स मन पराउँछिन् । अभिनय गरेको पहिलो म्युजिक भिडियो अञ्जु पन्त र वीरेन्द्र जोहारीको ‘हे आमा नेपाल...’ हो । तर यसले उनको खास पहिचान बनाएन । सिर्जना कलेज अफ फाइन आटर्समा स्नातक तहमा अध्ययनरत उनलाई सार्वजनिक यातायातमा यात्रा गर्दा धेरै चिन्ने भएकी छन् ।

‘म कुन क्षेत्रमा लाग्दै छु, मैले रोजेको क्षेत्र ठीक छ छैन भनेर पहिला सोचेर मात्र कुनै पनि पेसामा लाग्दा राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘मैले आफैंले रोजेको क्षेत्र मोडलिङ हो । यसमा सन्तुष्ट छु । यसैले मलाई चिनाएको छ ।’

रामजी खाँड र विष्णु माझीले गाएको ‘चिसो हिउँले...’, कृष्णा गुरुङ र रामजी खाँडकै ‘एक एक जोडे दुई हुन्छ...’, एकादशी बजारमा...’ ले उनलाई हिट बनाइदियो । रामचन्द्र काफ्ले र जुनु रिजालले गाएको ‘झिम्काइदेऊ परेली...’, कोमल वली र शिरीष देवकोटाको ‘दुर्गा हौ कि भवानी...’ को म्युजिक भिडियोले पनि उनलाई थप उचाइ दियो ।

‘एक एक जोडे दुई...’ बाट पूर्णिमाले नेपाल लोकदोहोरी प्रतिष्ठानको अवार्ड पनि जितिन् । उनी नारायणगढको नारायणी कला मन्दिरमा आधारभूत नृत्य सिकेपछि मोडलिङमा लागेकी थिइन् । उनका बुवा नारायण श्रेष्ठ पनि प्रहरीको सांस्कृतिक विभागमा काम गर्थे । बुबाकै सहयोगमा उनी प्रहरीमा पुगेकी हुन् । पाँच छोरीमध्येकी यी माइली २०७५ सालमा आठ वर्षयताको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने योजनामा छिन् । उनको लक्ष्य लोकभाकामा धेरै अभिनय गर्ने नै हो ।

–विमल

प्रकाशित : चैत्र २, २०७४ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?