कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बिग फाल्कन रकेट अर्को वर्ष

हेलोटेक

काठमाडौँ — अमेरिकी व्यवसायी इलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो महत्त्वाकांक्षी रकेट बिग फाल्कन रकेट अर्को वर्ष परीक्षण गर्ने भएको छ ।

बिग फाल्कन रकेट अर्को वर्ष

यसका मालिक मस्कले यसको खुलासा गरेका हुन् । यसले एक सय ५० टनको कार्गो बोकेर मंगल ग्रहसम्म पुग्न सक्छ । बिग फाल्कन रकेटको विशेषता भनेको रकेट उडाउन प्रयोग गरिने अन्य रकेट पुन: फर्किएको पृथ्वीमा आउन सक्छन् । जम्मा एक सय ६ मिटरको रकेट हवाईजहाजको विकल्पका रूपमा पनि प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । मंगल ग्रहमा मानव पठाउने योजनासहित स्पेसएक्सले बिग फाल्कन रकेट बनाएको हो ।

सुरुवाती केही पटक सामान मात्र पठाएर मानिस पठाउने कम्पनीको योजना छ । सन् २०२२ सम्ममा मानवलाई रकेटमार्फत मंगल ग्रह लैजाने कम्पनीले जनाएको छ । केही साताअघि मात्रै स्पेसएक्सले एउटा कारसहित फाल्कनहेभी रकेटलाई मंगल ग्रहमा पठाउन सफलतापूर्वक प्रक्षेपण गरेको छ । फाल्कन हेभी मंगल ग्रहमा पुग्न अझै केही महिना लाग्नेछ ।

प्रकाशित : चैत्र २, २०७४ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?