१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गुगल सर्चमा फोटो क्याप्सन

हेलोटेक

काठमाडौँ — गुगलले केही साताअघि आफ्नो सर्च रिजल्टबाट भ्यु इमेज सुविधा हटाएको थियो । भ्यु इमेजले प्रयोगकर्तालाई गुगल सर्चमा भेटिएको फोटो ठूलो बनाएर हेर्ने सुविधा दिन्थ्यो ।

यो फिचरले अरूलाई गुगलबाट फोटो डाउनलोड गर्न सजिलो बनाएको भन्दै आलोचना भएपछि गुगलले यो सुविधा हटाएको हो । अहिले प्रयोगकर्ताले गुगलमा फोटाहरू सानो आकारमा मात्रै देख्छन्, थप जान्न चाहनेका लागि सोझै वेबसाइटमा पुग्ने सुविधा भने छ ।

गुगलको इमेज सर्चमा देखिने सानो फोटोको सन्दर्भ बुझ्न सजिलो होस् भनेर फोटोको तल क्याप्सन पनि देखाउने कम्पनीले जनाएको छ । गुगलले केही सातामै यो सुविधा एन्ड्रोइड, आईओएस एपसहित मोबाइल ब्राउजरमा राख्ने जनाएको छ । तर, यो सुविधा डेस्कटप सर्चमा हुन्छ कि हुन्न भन्ने खुलाइएको छैन ।

प्रकाशित : चैत्र २, २०७४ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?