३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ह्वाट्सएपमा नयाँ फिचर

हेलोटेक

काठमाडौँ — मोबाइल म्यासेजिङ एप ह्वाट्सएपले पठाएको म्यासेज एक घण्टापछि पनि डिलिट गर्न सकिने नयाँ फिचर सुरु गरेको छ ।

ह्वाट्सएपमा नयाँ फिचर

तत्कालका लागि यो फिचर आईओएस एपमा मात्रै उपलब्ध छ । प्रयोगकर्ताले व्यक्तिगत वा ग्रुपमा गरेको म्यासेज एक घण्टा ८ मिनेट १६ सेकेन्डसम्म डिलिट गर्न सक्नेछन् । यसअघि प्रयोगकर्ताले पठाएको म्यासेज ७ मिनेटभित्र डिलिट गर्नुपर्ने हुन्थ्यो ।

एक घण्टापछि पनि डिलिट गर्ने सुविधा अहिले आईओएसमा सुरु भए पनि यो चाँडै नै एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि खुला हुनेछ । ह्वाट्सएपको नयाँ अपडेटको बेटा भर्सनमा यो सुविधा पाउन सकिन्छ । बेटा भर्सनलगत्तै रिलिज हुने अपडेटमा एन्ड्रोइड प्रयोगकर्ताले यो सुविधा पाउनेछन् ।

पठाएको म्यासेज डिलिट गर्ने सुविधा ह्वाट्सएपसहित म्यासेजिङ एप भाइबरमा पनि छ । तर, पठाएको एक घण्टापछि डिलिट गर्ने सुविधा भने ह्वाट्सएपमा मात्रै हुनेछ ।

प्रकाशित : चैत्र २, २०७४ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?