कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

इन्स्टाग्राममा नयाँ फिचर

हेलो टेक

काठमाडौँ — इन्स्टाग्रामले नयाँ फिचर परीक्षण गरिरहेको छ, जसमा प्रयोगकर्ताले अन्य व्यक्तिले गरेको पोस्टलाई आफ्नो स्टोरिजका रूपमा राख्न सक्छन् ।

इन्स्टाग्राममा नयाँ फिचर

सीमित प्रयोगकर्तामाझ यसको परीक्षण गरिरहेको कम्पनीले जनाएको छ । अन्य पोस्टलाई स्टोरिजका रूपमा राख्नेबाहेक प्रयोगकर्ताले उक्त पोस्टमा आफैंले पनि राख्न सक्ने सुविधा हुनेछ ।

जानकारहरूका अनुसार यो फिचर ट्वीटरको कोट रिट्वीटको जस्तो हुनेछ, जसमा अरूको पोस्टलाई प्रयोगकर्ताले आफ्नो विचारसहित रिट्वीट गर्न पाउनेछन् । स्टोरिज फिचरमा अपलोड भएका पोस्टहरू २४ घण्टापछि स्वत: डिलिट हुने भएकाले प्रयोगकर्तामाझ यो चर्चित छ । पोस्टलाई स्टोरिजमा राख्न पाउने सुविधाले महत्त्वपूर्ण पोस्टहरूको बढीभन्दा बढी प्रयोगकर्तामाझ पुग्ने इन्स्टाग्रामको विश्वास छ ।

प्रकाशित : चैत्र ९, २०७४ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?