१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

युट्युबबाट ८३ लाख भिडियो डिलिट

काठमाडौँ — केही वर्षयता घृणात्मक खालका भिडियोहरू नहटाएको भन्दै आलोचना भइरहेका बेला युट्युबले सन् २०१७ को अन्तिम तीन महिनामा आफ्नो प्ल्याटफर्मबाट ८३ लाख भिडियो डिलिट गरेको सार्वजनिक गरेको छ । हिंसा, घृणा र यौन उत्तेजना फैलाउने खालका भिडियोलाई डिलिट गरिएको युट्युबले जनाएको छ ।

युट्युबबाट ८३ लाख भिडियो डिलिट

आफ्नो नियमविपरीत अपलोड गरिएका यस्ता अधिकांश भिडियो हटाउनुपर्ने जानकारी मानव नभई मेसिनबाट प्राप्त भएको युट्युबले उल्लेख गरेको छ । युट्युबले आफ्नो गाइडलाइनविपरीत हुने भिडियो पत्ता लगाउन अटोमेटिक टुल बनाएको छ । युट्युबका अनुसार हटाइएको भिडियोमध्ये ७६ प्रतिशत भिडियो कसैले हेरेका थिएनन् । डिलिट गर्ने बेला मोडेरेटरले बाहेक यी भिडियो अरू कसैले हेरेका थिएनन् ।

प्रकाशित : वैशाख १४, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?