गुगलको च्याट

काठमाडौँ — सामान्यतया फोनबाट हुने म्यासेजमा हामी अक्षर र इमोजी मात्रै पठाउन सक्छौं तर गुगलले एन्ड्रोइड फोनका लागि नयाँ एप सार्वजनिक गर्ने तयारी गरेको छ, जसले फोनको म्यासेज एपमा जोडिएर प्रयोगकर्तालाई अक्षरबाहेक फोटो, भिडियो पनि पठाउने सुविधा दिनेछ ।

गुगलको च्याट

च्याट नाम दिइएको यो एपले प्रयोगकर्तालाई आफ्नो एसएमएस एपबाट पठाउन मिल्नेभन्दा बढी सुविधा उपलब्ध गराउनेछ । तर, यो मोबाइल अपरेटरले आफ्नो नेटवर्कमा सपोर्ट गर्ने कि नगर्ने भनेर निर्णय गर्नेछन् । एसएमएस एपबाटै अहिले चल्तीमा रहेका म्यासेजिङ एपबाट पाउने सुविधा राख्न गुगलले यो एप बनाएको हो । केही वर्षयताको अनुसन्धानपछि यो एप तयार भएको गुगलले जनाएको छ । यो एप्पलको आइम्यासेज, फोसबुकको म्यासेन्जरजस्ता म्यासेजिङ एपको प्रतिस्पर्धी बन्न सक्छ ।

प्रकाशित : वैशाख १४, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?