१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अजेय बार्सिलोना !

काठमाडौँ — बार्सिलोना र रियल म्याड्रिडबीच खेल हुनुपर्छ, त्यसले दिने रोमाञ्चकता भनेर साध्य हुन्न । यसपल्टको ‘एल क्लासिको’ को खासै अर्थ थिएन । यी दुई टिमबीचको खेल यति महत्त्वहीन भएको पहिले कहिले थिएन । आखिरमा बार्सिलोनाले स्पेनी ला लिगा जितिसकेको छ भने रियलले युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्दै छ । त्यसैले यो खेलको नतिजाले खासै अर्थ राखेन ।

अजेय बार्सिलोना !

तर पनि यो खेलमा ती सबै तत्त्व थियो, जसले ‘एल क्लासिको’ लाई रोमाञ्चक बनाउँछ । निकै तनावपूर्ण र शारीरिक द्वन्द्वमा परिणत यस खेलको नतिजा रह्यो, २–२ । नुक्याम्पमा भएको खेलको अन्त्यमा बार्सिलोना दस खेलाडीमा सीमित थियो । यस्तोमा अब प्रश्न उठेको छ, के बार्सिलोना पूरा सिजन लिगमा अपराजित रहने हो त ?


लिगमा बार्सिलोनाले अहिलेसम्म ३५ खेल खेलेको छ । अब तीन खेल खेल्न बाँकी छ । अब उसले खेल्ने टिम हुन्, भिल्लारियल, लेभान्टे र रियल सोडिडाड । यसमध्ये लेभान्टेविरुद्धको खेलका लागि मात्र बार्सिलोनाले घर छाड्ने छ । त्यसैले पूरा सम्भावना छ, बार्सिलोनाले यसपल्ट लिगमा कुनै खेल गुमाउने छैन । खासमा बार्सिलोनाले यसपल्ट लिग उपाधि जित्न खासै ठूलो चुनौती सामना गर्नुपरेन ।


लिगमा रियलको चुनौती धेरे हदसम्म कमजोर भएर पनि यस्तो भएको हो । बरु केही मोडमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई टक्कर दिएको थियो । यो पनि धेरैबेर चलेन । त्यसैले बार्सिलोनाको यसपल्टको लिग यात्रा सजिलो रह्यो । फेरि क्लबले यो सफलता त्यस्तो सिजन प्राप्त गरेको छ, जुन बेला टिम अपेक्षाअनुसार खासै बलियो देखिएन ।
अझ भनौं, यसअघिका सिजनमा बार्सिलोना जति सुदृढ देखिन्थ्यो, यसपल्ट यस्तो रहेन । त्यसैले हुन सक्छ, यसपल्ट बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन । त्यसैले हुन सक्छ, अर्को सिजनका लागि बार्सिलोनाले केही नयाँ र राम्रा खेलाडीमा लगानी गर्नेछ । यसपल्ट अहिलेकै टिमले लिगमा कुनै खेल गुमाउँदैन भने त्यो पनि अद्वितीय प्रदर्शन नै रहनेछ ।

प्रकाशित : वैशाख २८, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?