कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युट्युबमा ‘टेक अ ब्रेक’

हेलो टेक

काठमाडौँ — गत साता भएको आफ्नो डेभलपर कन्फ्रेन्समा गुगलले नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड पीमा प्रयोगकर्तालाई मोबाइल कम चलाउन सघाउने फिचर राख्ने घोषणा गरेको थियो, जसका कारण प्रयोगकर्ताले दिनमा आफूले चाहेको समय मात्रै मोबाइलमा बिताउन सकून् ।

युट्युबमा ‘टेक अ ब्रेक’

यो साता गुगल स्वामित्वको युट्युबले पनि यस्तै खालको फिचर केही प्रयोगकर्ताका लागि सुरु गरेको छ । टेक अ ब्रेक नाम दिइएको यो फिचरले प्रयोगकर्तालाई कति समयसम्म युट्युबमा भिडियो हेर्ने भनेर समय निर्धारण गर्न सक्छन् । उक्त समयपछि युट्युबले प्रयोगकर्तालाई समय सकिएको नोटिफिकेसन पठाउँछ । घण्टौं युट्युबमा भिडियो हेरेर समय बिताउने प्रयोगकर्ताका लागि यो उपयोगी फिचर हुन सक्छ । तर, आफूले निर्धारण गरेको समय सकिएपछि समय सकिएको जानकारी आउने भए पनि यसले भिडियो हेर्न भने कुनै बाधा पर्ने छैन ।


युट्युबको १७ दशमलव ५५ भर्सन वा माथिल्लो भर्सन प्रयोग गरिरहेका केही प्रयोगकर्ताले टेक अ ब्रेक फिचर प्रयोग गर्न पाएका छन् । अन्य प्रयोगकर्ताले आफ्नो मोबाइलमा यो फिचर आइसकेको छ कि छैन भनेर जान्न युट्युब एपको सेटिङ मेनुमा गएर जेनेरल अप्सनभित्र जान सक्छन्, जहाँ रिमाइन्ट मी टु टेक अ ब्रेक अप्सन भेटिन सक्छ ।

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?