कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लेनोभोको नयाँ प्रयोग

हेलो टेक

काठमाडौँ — अहिलेको फोन बजारको प्रतिस्पर्धामा लेनोभो त्यति ठूलो खेलाडी होइन । तर, लेनोभोले अहिले एउटा नयाँ प्रयोग गर्न खोजेको छ । एप्पल र सामसुङजस्ता मोबाइल बजारका ठूला खेलाडीले समेत बेजललेस भनेर फोन निर्माण गरिरहेका छन् तर उनीहरूको फोनमा स्क्रिन ठूलो भए पनि छेउमा स्क्रिनबाहेकको बडीको भाग पक्कै देखिन्छ ।

लेनोभोको नयाँ प्रयोग

लेनोभोले सार्वजनिक गर्न लागेको आफ्नो नयाँ स्मार्टफोन जेडफाइभ भने अहिले चल्तीमा रहेको हाइएन्ड स्मार्टफोभन्दा केही फरक देखिनेछ, डिजाइनको हिसाबले ।


लेनोभोका उपाध्यक्षले चिनियाँ सोसल मिडिया साइट वेबोमार्फत सार्वजनिक गरेको एक भिडियोमा भने उसको नयाँ फोनको अघिल्लो भाग पूरै सिसाको देखिन्छ । यसको तल यूएसबी पोर्ट त छ तर छेउका भाग अन्य स्मार्टफोनभन्दा केही भिन्न छ । यसलाई बेजललेसभन्दा पनि अल स्क्रिन फोन भन्न मिल्ला । उसको यही विशेषताले बजारमा उसको भाग्य निर्धारण भने गर्ने छैन ।

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?