२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सस्तो एसएट बनाउँदै सामसुङ

हेलो टेक

काठमाडौँ — महँगा आइफोनको बिक्री कम भएपछि केही वर्षअघि एप्पलले आइफोन एसई सार्वजनिक गरेको थियो । विशेषत: आइफोन सिक्स एसको बिक्री सोचेजस्तो नभएपछि एप्पलले सोही फिचर भएको सानो र सस्तो मूल्यको फोन एसईलाई बजार पठाएको थियो । अहिले सामसुङले पनि सोही योजना लागू गर्ने संकेत गरेको छ ।

सस्तो एसएट बनाउँदै सामसुङ

सार्वजनिक भएका केही तस्बिर र जानकारीको विश्लेषण गर्दा सामसुङले आफ्नो सामसुङ एसएटको जस्तै विशेषता भएको सस्तो खालको स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ, जसको फिचर एसएटकै हाराहारीमा र डिजाइन उस्तै भए पनि मूल्य भने केही सस्तो हुनेछ ।


यसमा १६ मेगापिक्सेलको क्यामेरासहित स्न्यापड्रागन ६६० चिप प्रयोग हुने सार्वजनिक भएका समाचारहरूमा जनाइएको छ । सामसुङ ग्यालेक्सी एसएटमा भने स्न्यापड्रागन ८३५ चिप प्रयोग भएको थियो । सम्भवत: एसएट लाइट नाम दिएर कम्पनीले आफ्नो नयाँ फोन सार्वजनिक गर्नेछ । यसमा ४ जीबी र्‍याम र ३ हजार एमएएचको ब्याट्री रहने दाबीहरू सार्वजनिक भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?