काठमाडौँ — गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्ससहितको असिस्टेन्टको सेवा सुधारिएको घोषणा गरेको केही सातामै सामसुङले आफ्नो आगामी स्मार्टफोनमा बिक्सबीको नयाँ संस्करण उपलब्ध हुने सार्वजनिक गरेको छ । कम्पनीले अब सार्वजनिक गर्ने सामसुङ नोट नाइनमा बिक्सबीको नयाँ संस्करण उपलब्ध हुने बताएको छ ।
बिक्सीबी २.० नाम रहने यो असिस्टेन्टले गुगलको असिस्टेन्टजस्तै सेवा दिन सक्छ । बिक्सबीको नयाँ संस्करण छिटो र मानिसको आवाज सही तरिकाले पहिचान गर्न सक्ने खालको हुने कम्पनीले जनाएको छ । सन् २०१८ अन्त्यसम्ममा बिक्सबी १ करोड ४० लाख डिजाइनमा प्रयोग हुने कम्पनीको अनुमान छ । केही साताअघि भएको आफ्नो डेभलपर कन्फ्रेन्समा गुगलले असिस्टेन्ट सेवामा सुधारको घोषणा गरेको थियो ।
प्रतिक्रिया