इन्स्टाग्राममा म्युट फिचर

हेलो टेक

काठमाडौँ — फोटो सेयरिङ एप इन्स्टाग्रामले नयाँ फिचरको घोषणा गरेको छ जसले प्रयोगकर्तालाई आफूलाई पोस्ट हेर्न मन नपर्ने अर्को प्रयोगकर्ताको एकाउन्ट म्युट गर्ने सुविधा दिन्छ ।

इन्स्टाग्राममा म्युट फिचर

यसले अर्को प्रयोगकर्ताको स्टोरिज मात्र वा पूरा प्रोफाइल म्युट गर्ने सुविधा दिने इन्स्टाग्रामले जनाएको छ । इन्स्टाग्रामले स्टोरिज म्युट गर्ने सुविधा भने पहिल्यैदेखि उपलब्ध गराइरहेको थियो । प्रोफाइल म्युट गर्ने सुविधा भने थिएन ।


कसैको प्रोफाइल वा स्टोरिज म्युट गर्दा सम्बन्धित व्यक्तिलाई जानकारी नहुने र उक्त व्यक्तिको प्रोफाइलमा गएर पोस्टहरू हेर्न मिल्ने सुविधा रहनेछ । साथै, आफूले म्युट गरेको प्रयोगकर्ताले आफूलाई ट्याग गर्दा त्यसको नोटिफिकेसन प्राप्त हुनेछ । यो सातादेखि सबै प्रयोगकर्तालाई यसको अपडेट पठाइने इन्स्टाग्रामले आफ्नो ब्लगमा उल्लेख गरेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?