कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युट्युबमा म्यासेज फिचर

हेलो टेक

काठमाडौँ — युट्युबले केही अघिदेखि आफ्नो मोबाइल एपमा म्यासेजिङ फिचर सुरु गरेको थियो । जसका कारण प्रयोगकर्ताले आफ्नो जिमेल लिस्टमा भएका साथीहरूसँग च्याट गर्दै भिडियो हेर्न पाउने सुविधा थियो ।

युट्युबमा म्यासेज फिचर

साथै, सोही च्याटमार्फत भिडियोहरू आदानप्रदान गर्ने सुविधा पनि थियो । अहिले भने युट्युबले यो सुविधालाई ब्राउजरमा पनि उपलब्ध गराएको छ । ब्राउजरमा जिमेल एकाउन्ट लगइन गरी युट्युब खोल्दा माथिल्लो दायाँ भागमा म्यासेज गर्ने अप्सन देख्न सकिन्छ ।
यो अप्सनले प्रयोगकर्ता युट्युब भिडियो हेर्दै च्याट गर्न र भिडियो आदानप्रदान गर्न सक्छन् । कुनै युट्युब भिडियोको तल सेयर बटनमा क्लिक गर्दा पनि यो च्याटमा भिडियो सेयर गर्ने विकल्प देख्न सकिन्छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?