काठमाडौँ — साइबर सेक्युरिटी कम्पनी अभास्टले हजारौं एन्ड्रोइड डिभाइसमा बजार पठाउनुअघि नै भाइरस भेटिएको प्रतिवेदन सार्वजनिक गरेको छ । यस्ता स्मार्टफोनहरूको सुरक्षा जाँच नगरिएको र भाइरससहित बजार पठाइएको अभास्टले जनाएको छ ।
एन्ड्रोइड अपरेटिङ सिस्टम चल्ने स्मार्टफोनमा यस्तो समस्या देखिएको अभास्टले आफ्नो प्रतिवेदनमा भनेको छ । यस्ता स्मार्टफोनहरू एक सय बढी देशको बजारमा रहेको प्रतिवेदनमा जनाइएको छ ।
‘यसबारे गुगललाई जानकारी दिइएको छ,’ अभास्टको ब्लगमा भनिएको छ, ‘गुगलले यसको समाधानका लागि चासो देखाएको छ ।’ कोसिलोन नाम दिइएको यस्तो भाइरस केही वर्षदेखि स्मार्टफोनमा रहँदै आएको र यसलाई हटाउन गाह्रो रहेको पनि प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया