२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

विश्वकप २०१८ का रंगशाला

काठमाडौँ — कजान एरेना
दर्शक क्षमता : ४५,३७९
स्थापना : २०१३
इंग्ल्यान्डको वेम्ली र इमिरेट्स स्टेडियमको आर्किटेक्टले डिजाइन गरेको यो रंगशालाको मुख्य आकर्षक भनेको मैदानको छेउमा रहेको एचडी स्क्रिन हो ।

विश्वकप २०१८ का रंगशाला

कजान एरेना
दर्शक क्षमता : ४५,३७९
स्थापना : २०१३
इंग्ल्यान्डको वेम्ली र इमिरेट्स स्टेडियमको आर्किटेक्टले डिजाइन गरेको यो रंगशालाको मुख्य आकर्षक भनेको मैदानको छेउमा रहेको एचडी स्क्रिन हो । जसलाई विश्वकै सबैभन्दा ठूलो स्क्रिन मानिएको छ । यस रंगशालमा समूह चरणका ४ तथा प्रि–क्वाटरफाइनल र क्वार्टरफाइनलका १/१ खेल हुनेछ ।


एकातेरिनवर्ग एरेना
दर्शक क्षमता : ३५,०००
स्थापना : १९५७ (जीर्णाेद्धार २०१७)
राजधानी मस्कोबाट १८०० किलोमिटर तथा सेन्ट पिटर्सवर्गबाट २३०० किमि टाढा रहेको यो रंगशाला उराल माउन्टेनको दक्षिणमा रहेको छ । सन् १९५३ मा निर्माण भएको यो रंगशाला पुरानो क्लब एफसी उरालको घरेलु मैदान हो । यहाँ लिग चरणका ४ खेल हुनेछ ।


फिस्ट स्टेडियम
दर्शक क्षमता : ४७,६५९
स्थापना : २०१३
यो रंगशालाको नाम फिस्ट माउन्टेनबाट राखिएको हो । सोचीको ओलम्पिक पार्कमा रहेको यो सन् २०१४ मा विन्टर ओलम्पिकका लागि तयार पारिएको थियो । यस स्टेडियममा विश्वकप २०१८ का समूह चरणका ४ तथा प्रि–क्वार्टरफाइनल र क्वार्टरफाइनलका १/१ खेल हुनेछ ।


कालिनिन्गार्ड स्टेडियम
दर्शक क्षमता : ३५,२१२
स्थापना : २०१८
विश्वकप २०१८ कै लागि भनेर तयार पारिएको यो रंगशाला कालिनिन्गार्ड सहरको मुख्य स्थान ओक्टियाब्रस्की आइल्यान्डमा छ । जर्मन क्लब वायर्न म्युनिखको एलिएन्ज एरेनाबाट प्रभावित भएर यो स्टेडियम तयार पारिएको हो । यहाँ लिग चरणका ४ खेल खेलाइनेछ ।


स्पार्टा स्टेडियम
दर्शक क्षमता : ४५,३६०
स्थापना : २०१४
यो स्टेडियम विश्वकप फुटबल र रसियन क्लब स्पार्टाक मस्को दुवैका लागि बनाइएको हो । यहाँ समूह चरणका ४ र प्रि–क्वाटरफाइनलका १ खेल खेलाइनेछ ।


लुजनिकी स्टेडियम
दर्शक क्षमता : ८१,०००
स्थापना : २०१७ (रिबिल्ट)
सन् १९५६ मा राष्ट्रियस्तरको स्पार्टाकीएडका लागि निर्माण गरिएको स्टेडियम २०१८ को विश्वकपका लागि पुनर्निर्माण गरिएको हो । जहाँ रुसको राष्ट्रिय टिमले खेल्ने गर्छ । मस्कोमा रहेको यस स्टेडियममा उद्घाटन र फाइनल खेल हुनेछ । एक सेमिफाइनल खेलसमेत हुने यो स्टेडियममा कुल ७ खेल हुनेछ ।


निज्नी नोभगोरोड
दर्शक क्षमता : ४४,८९९
स्थापना : २०१८
भोल्गा र ओका नदीको छेउमा रहेको यो स्टेडियम पनि विश्वकपका लागि निर्माण गरिएको हो । यहाँ समूह चरणका ४ तथा अन्तिम १६ र क्वार्टरफाइनलको १/१ खेल हुनेछ ।


रोस्टोभ एरेना
दर्शक क्षमता : ४५,०००
स्थापना : २०१८
२०१८ को रुस विश्वकपकै लागि तयार पारिएको यो स्टेडियममा डन नदीको बायाँतिर छ । यहाँ समूह चरणका ४ तथा अन्तिम १६ का १ खेल हुनेछ ।


सेन्ट पिटर्सवर्ग स्टेडियम
दर्शक क्षमता : ६४,२८७
स्थापना : २०१७
सन् २०१७ को कन्फेडेरेसन कपको उद्घाटन र फाइनल खेल आयोजना गरेको सेन्ट पिटर्सवर्ग स्टेडियममा सेमिफाइनल र तेस्रो स्थानको खेलसहित कुल ७ खेल हुनेछ ।


समारा एरेना
दर्शक क्षमता : ४४,९१८
स्थापना : २०१८
२०१८ को विश्वकपकै लागि तयार पारिएको रंगशाला हो यो । यसको निर्माण कार्य २०१४ मा सुरु गरिएको थियो । यहाँ समूह चरणका ४ तथा प्रि–क्वार्टर र क्वार्टरफाइनलका १/१ खेल हुनेछ ।


मोर्दाेभिया एरेना
दर्शक क्षमता : ४४,४१२
स्थापना : २०१७
रसियन एथलिक पिपल मोर्दोभियनको एकता भएको हजार वर्षगाँठको अवसरमा सन् २०१० मा यो रंगशाला बनाउन सुरु गरिएको थियो । यो रंगशाला पिन २०१८ विश्वकपका लागि तयार पारिएको हो । यहाँ समूह चरणका ४ खेल हुनेछ ।


भोल्गोग्राड एरेना
दर्शक क्षमता : ४५,५६८
स्थापना : २०१८
रुस विश्वकपका लागि नै तयार पारिएको हो यो रंगशाला । विश्वकपपछि यो रंगशाला एफसी रोटोरले घरेलु मैदानका रूपमा प्रयोग गर्नेछ । यहाँ समूह चरणका ४ खेल हुनेछ ।

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?