कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

याहु म्यासेन्जर बन्द हुने

हेलो टेक

काठमाडौँ — फेसबुक, भाइबर र ह्वाट्सएप आउनुअघि सबैभन्दा चर्चित रहेको याहु म्यासेन्जर बन्द हुने भएको छ । याहु म्यासेन्जर १७ जुनदेखि बन्द हुने कम्पनीले जनाएको छ ।

याहु म्यासेन्जर बन्द हुने

कम्पनी याहु म्यासेन्जर बन्द हुने घोषणा गर्दै प्रयोगकर्ताहरूले आफ्ना पुराना च्याटहरू डाउनलोड गरी सुरक्षित राख्न सक्ने जनाएको छ ।


सन् १९९८ मा याहु पेजरका रूपमा लञ्च भएको यो सेवा १९९९ देखि याहु म्यासेन्जरका रूपमा ब्रान्डिङ गरिएको थियो । याहु म्यासेन्जर व्यक्ति–व्यक्तिबीच च्याटबाहेक ग्रुप च्याटको लागि पनि चर्चित थियो । म्यासेन्जर रुम दिइएको याहु म्यासेन्जरको फिचर चर्चित मानिन्थ्यो, जसमा विभिन्न देशमा रहेका प्रयोगकर्ताहरूसँग नचिने पनि पनि च्याट गर्ने सुविधा हुन्थ्यो । च्याट रुम फिचर सन् २०१२ मा बन्द गरिएको थियो । पछिल्लो समय याहु म्यासेन्जरले आधुनिक म्यासेजिङ एपमा हुने सबै सुविधा थपे पनि प्रयोगकर्ता आकर्षित भएनन् ।

प्रकाशित : असार १, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?