डाटाल्लीमा सीमितता

हेलो टेक

काठमाडौँ — गुगलले केही महिनाअघि सार्वजनिक गरेको डाटाल्ली एपमा नयाँ फिचर थपिएको छ । विशेषत: प्रयोगकर्ताले आफ्नो मोबाइल डाटा कति खर्च भयो भनेर मनिटर गर्न प्रयोग गर्ने एपमा अब दैनिक डाटा लिमिट सेट गर्ने फिचर थपिएको हो । यसले प्रयोगकर्तालाई दिनमा कति डाटा प्रयोग गर्ने हो, निर्धारण गर्ने विकल्प दिन्छ ।

डाटाल्लीमा सीमितता

मोबाइल डाटा धेरै प्रयोग गर्नेहरूलाई यसले सुविधा दिनेछ ।
गुगलले गत नोभेम्बरमा यो एप सार्वजनिक गरेको थियो । विशेषत: डाटा महँगो हुने ठाउँका प्रयोगकर्तालाई डाटा प्रयोगको जानकारी दिने उद्देश्यले एप सार्वजनिक गरेको गुगलले जनाएको छ । एपमा गेस्ट मोड नाम दिएर नयाँ फिचर पनि थपिएको छ जसले अरू कसैलाई डाटा प्रयोग गर्न मोबाइल दिँदा निश्चित डाटा मात्रै दिने गरी निर्धारण गर्न सकिन्छ ।

प्रकाशित : असार ८, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?