१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कीर्तिमानी ड्रेक

काठमाडौँ — अहिले फुटबलको विश्वकप चलिरहेको स्थितिमा मनोरञ्जनको क्षेत्रबाट ठूलो समाचार के हुन सक्छ र ? हुन सक्छ, यी हुन्, क्यानाडेली हिपहप स्टार ड्रेक र उनको नयाँ एल्बम ‘स्कोरपियन’ । उनको यो पाँचौं एल्बम हो र यसले अहिले विश्व संगीतमा धुम मच्चाइरहेको छ, त्यो पनि रिलिजको एक साताभित्रै । यूएस चार्ट्समा त यसले तहल्का नै मच्चाएको छ भन्दा हुन्छ ।

कीर्तिमानी ड्रेक

स्पोटीफाई र एप्पल म्युजिकमा मात्र गरेर यो एल्बमको स्ट्रिमिङ ७४ करोडभन्दा बढी पुगिसकेको छ । पश्चिमेली संगीतमा यस्तो अहिलेसम्म कहिल्यै भएको थिएन । अचेल गीत सुन्ने सुनाउने चलन नयाँ छ, पहिले जस्तो एल्बमका कति प्रति बिक्री भयो भनेर हिसाब गरिन्न । तर अहिलेसम्म जति पनि स्ट्रिमिङ भएको त्यसलाई आधार मान्ने हो भने यो एक साता सात लाख एल्बम विक्री बराबर हो ।


जुन २९ त हो, यो एल्बम रिलिज भएको । खासमा यसलाई डबल एल्बम भने पनि हुन्छ, डबल एल्बम हो नै, किनभने दुई भाग छन् । अनि यसमा गीतको संख्या छ, २५ । साइड ‘ए’ का गीत हिपहप छन् । अनि साइड ‘बी’ का आरएन्डबी तथा पप । त्यसो त स्ट्रिमिङको कीर्तिमान पछिल्लो समय नियमित रूपमा बढ्ने गरेको छ । यसको कारण अनलाइनबाट अन–डिमान्ड संगीत सुन्ने चलन रहेर पनि हो ।


एल्बमको बजार व्यवस्थापक नेल्सन सर्भिसले फ्रि–प्लेटफर्म यु–ट्युबको स्थानमा अन–डिमान्डतर्फ आफ्नो नीति बनाएको हुनाले पनि ड्रेक र स्कोरपियन यति धेरै सफल भएको हो । त्यसकै नतिजा त हो, एल्बम अहिले बिलबोर्ड २०० को शीर्ष स्थानमा छ र टप–टेन गीतमा मात्र उनका पाँच गीत परेका छन् । ड्रेक अहिले नयाँ एल्बमबाट मात्र चम्केका पनि होइनन्, उनका पुराना गीत पनि उत्तिकै सफल छन् ।


त्यसैले चार्ट्समा परेका उनका गीतको संख्या मात्र ३१ पुगेको छ र यसक्रममा उनले माइकल ज्याक्सनलाई समेत उछिनेका छन् । यति मात्र होइन, उनले एउटै एल्बमका धेरै गीत चाटर््समा परेको तथ्यमा बिटल्सलाई पनि उछिनेका छन् । तय छ, अबका दिनमा उनका कीर्तिमानबारे अझ सुन्न पाइनेछ । अनि यससँगै यो तथ्य पनि सिद्ध भएको छ, अब साँच्चै हिपहप म्युजिक पनि कम रहेन, यो त नयाँ पुस्ता र प्रविधि सुहाउँदो पो छ ।
–हेलो डेक्स

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?