३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विश्वकप २०१८: पालो एनरिकेको

काठमाडौँ — यसपल्ट स्पेनले विश्वकपमा लामो यात्रा तय गर्न नसक्नु पछाडि धेरै कारण हुन सक्छन् । त्यसमध्ये एक प्रमुख कारण हो, प्रतियोगिताको ठीक अगाडि प्रशिक्षक जुलेन लोपेटेगुईको बर्खास्ती ।

विश्वकप २०१८: पालो एनरिकेको

हुन पनि उनले राम्रो काम गरेकै थिएनन्, स्पेनी एफएलाई नै थाहा नदिएर रियल म्याड्रिडसँग अनुबन्ध गरेका थिए । यस्तोमा रुसमा स्पेनले फर्नान्डो हिएरोको नेतृत्वमा खेलेको थियो । हिएरोले पनि स्पेनी टिमका लागि रातारात के नै गर्न सक्थे र ? स्पेन अन्तिम १६ मै रोकियो । अब भने स्पेनी टिम सम्हाल्ने जिम्मेवारी पाएका छन्, बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस एनरिकेले । उनको आगमनले स्पेनी टिममा बार्सिलोनाले खेल्ने पारा फेरि देखिनेछ ।

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?