कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विश्वकप २०१८: फुटबलले रुसलाई दिएको खुसी

काठमाडौँ — रुसलाई यसपल्टको विश्वकपमा कहीं न कहीं रोकिनु थियो, त्यो बाटो क्वाटरफाइनल रह्यो । क्रोएसियासँग टाइब्रेकरमा पराजित हुँदै रुस प्रतियोगिताबाट बाहिरियो । तर एउटा तथ्य के सबैले मानेका छन् भने रुसी टिमले जुन यात्रा तय गरेको छ, त्यसले पूरा रुसलाई धेरै खुसी दिएको छ ।

विश्वकप २०१८: फुटबलले रुसलाई दिएको खुसी

कमैले अपेक्षा गरेका थिए, आयोजक टिमले यति राम्रो खेल्नेछ र यति लामो दूरी तय गर्नेछ भनेर । हुन पनि फिफा वरीयताको सबैभन्दा पुछारमा रहेको टिमबाट धेरै अपेक्षा पनि के राख्ने र ? रुसले यसपल्ट जति पनि खेल खेल्यो, त्यसका पछाडि रुसी जनता पागलभैंm लागे । जितसँगै रुसमा फुटबलको गज्जब माहोल देखिएको थियो । यस्तोमा भन्न करै लाग्छ, भलै रुसले विश्वकप जित्न सकेन, तर उसले सबैको मन भने जित्न सफल रह्यो । यो अर्थमा रुस साँच्चैको विजेता आयोजक देश पनि रह्यो ।

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?