कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकप २०१८: भाग्यमानी ब्राजिली टिम

काठमाडौँ — ब्राजिली फुटबललाई लिएर एउटा समस्या के भने त्यहाँ जति पनि फुटबल प्रशंसक छन्, सबै प्रशिक्षक जत्तिकै छन् । ब्राजिलले केसरी खेल्नु पर्छ, सबैको आ–आफ्नो राय हुने गर्छ । ब्राजिल यसपल्टको विश्वकपमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन । यस्तोमा डर थियो, टिमको चर्को आलोचना हुनेछ । प्रशंसकहरूको रिस हेरिनसक्नु हुनेछ ।

विश्वकप २०१८: भाग्यमानी ब्राजिली टिम

तर होइन, यस्तो भएन । जति बेला ब्राजिली टिम रियो डे जेनेरियो फर्कियो, विमानस्थलमा खेलाडी र प्रशिक्षकले मीठो स्वागत पो पाए । समर्थकले जसरी टिमको समर्थन गरे, त्यसबाट विशेषत: प्रशिक्षक टिटे निकै खुसी देखिए । उनको भनाइ थियो, यस्तो स्वागतले टिमलाई अबका दिनमा अझ राम्रो खेल्ने प्रेरित गर्नेछ । टिटले पनि विश्वकपपछि ब्राजिली टिम हेरिरहने अवसर पाएका छन् । भाग्यमानी रह्यो, ब्राजिली टिम र उसका प्रशिक्षक ।

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?